🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

राष्ट्रवादको झण्डा बोक्ने कमरेडहरुको नाम किन चट् काटियो !!

काठमाडौँ, १० जेठ। नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य बनिसकेका साध्यबहादुर भण्डारीको नाम अन्तिम समयमा आएर फालिनुमा नारायणकाजी श्रेष्ठको हात रहेको एमाले निकट उच्च स्रोतले जनायो ।

नारायणकाजी श्रेष्ठको नेतृत्वमा माओवादीसँग एकता गर्ने बेलामा पनि साध्यबहादुर भण्डारी र भरत दाहाललाई कार्वाही गरी निश्कासन गरेर एकता गरिएको थियो ।

पाकिस्तानी राजदूतावास, भारतीय राजदूतावास र नेपाली सेनाको गुप्तचर विभाग डीएमआईको पैसा भण्डारीले खाने गरेको नारायणकाजी श्रेष्ठको त्यतिवेलाको आरोप थियो । राष्ट्रवादको झण्डा बोकेर भारतीय राजदूतावासलाई भण्डारीले सूचना दिने गरेको श्रेष्ठको दावी थियो ।

माओवादीबाट विद्रोह गरे निश्कासन गरेका पुन्य गौतम ‘विश्वास’लाई पनि श्रेष्ठकै आग्रहमा हटाइएको एमाले शीर्ष नेताले बताएका छन् ।

‘हामी माओवादीको सिङ्गो शक्तिलाई चिढाएर उनीहरुलाई केन्द्रीय सदस्य बनाइरहने जोखिम मोल्न सकेनौं । पहिला एमालेमा काम गरेका धेरै अनुभवी, इमान्दार नेताहरुलाई समेट्ने समस्या पनि भएकाले नारायणकाजी कमरेडहरुको प्रस्तावलाई सहजै स्वीकार ग¥यौं’, उक्त स्रोतको दावी छ ।