🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

कालोसूचीको व्यक्ति पनि उम्मेदवार ?

काठमाडौं । कांग्रेस र निर्वाचन आयोगको बदमासीका कारण कांग्रेसको वागमती प्रदेश सभा सदस्यको समानुपातिकमा एक विवादास्पद उम्मेदवारको नाम रहेको छ । ती व्यक्तिको विषयमा आयोग र कांग्रेस स्वयम्ले छानविन वा अध्ययन गरेको छैन । आयोगले उनको नाम हटाउने प्रयास पनि गरेको छैन । 

  कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको व्यक्तिलाई कांग्रेसले समानुपातिकको उम्मेदवार बनाएको हो । ठेकेदार विनु पौडेललाई कांग्रेसले वागमती प्रदेश सभाका लागि समानुपातिक उम्मेदवार बनाएको छ । पौडेल विवादास्पद ठेकेदार हुन्  र उनको नाम अहिले पनि केन्द्रको कालोसूचीमा रहेको पुष्टि भएको छ । पौडेललाई ठेकेदार पेशामा संलग्न हुँदा समयमा बैंक कारोबार छिनोफानो नगरेका कारण २०७८ फागुनमा कालोसूचीमा राखेको थियो । कर्जा सूचना केन्द्रले पौडेललाई कालो सूचीको ३३१३२ नम्बरमा राखेको छ । 

  चेक बाउन्स प्रकरणमा फसेर पौडेल कारबाहीमा परेको बताइएको छ । उनले रतन ठाकुर नाम गरेका व्यक्तिलाई दिनुपर्ने रकम पर्याप्त नभएको चेक दिएर चेक बाउन्स भएपछि विवाद भएको थियो । उक्त विवाद टुंगो नलागेपछि  एनसीसी बैंकको चाबहिल शाखाले कर्जा सूचना केन्द्रलाई कालोसूचीमा राख्न सिफारिश गरेको थियो । वीएमआर कन्स्ट्रक्सन कम्पनीकी सञ्चालक पौडेलले ठाकुरसँग ६१ लाख रुपैयाँको कारोबारमा बेइमानी गरेको यो प्रकरण अहिलेसम्म सेलाईसकेको छैन । सोही कारण कालोसूचीबाट उनको नाम नहटेको बताइन्छ । 

निर्वाचन आयोगका कानूनी व्यवस्था अनुसार कालोसूचीमा रहेको व्यक्ति उम्मेदवार हुन पाइँदैन । तर, कालोसूचीमा रहेकी पौडेल स्वयम्ले पार्टीलाई विश्वासमा लिएर उम्मेदवार बन्न सफल भइन् । बैंकले भने भुक्तानी गर्न बाँकी रहेको भन्दै फुकुवा नगरेको जनाएको छ ।