🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

हाम्रो राजनीति-हाम्रा नेताहरु अनि अभागी मतदाता !!

(१) नेताज्यू ,तिमीले लोकतन्त्रमा गरेको चर्तिकला सम्झिदै निन्द्रा नलागेपनि मज्जाले निँदाउन म चुकें ।  तिमी त गन्हाई सकेका छौं भन्थे जनमनले आम्मै फेरि पनि तिमीले नै पो टिकट पाएछौ त तिमीलाई फेरि टिकट दिने प्रभावशालीलाई गर्ने नगर्ने सवै कुरा गरेर रिझाउन सक्ने तिम्रो खुवी देखेर आफ्नै हातले आफ्नै हत्केलामा मज्जाले ताली ठोँके ।

(जगदीशराज बराल)

-ठोकेको तालीले पश्चाताप गर्यो-गाली दिनुपर्नेलाई ताली दिइस् भनेर मन पनि गुनासियो । साँच्चै म कस्तो अभागी मतदाता हगी तिम्रा लागि मत दिनु र तिम्रो लागि सती जानु पर्ने भन्दै आफैले आफैलाई मनभित्रै देखि थुकेँ ।

(२) चुपचाप सुन्छु हाम्रा नेताहरुको कुरा मुखले जवाफ दिन सक्तिन सम्झिदैँ डर पो लाग्छ खै को को के के पो छन् रे ! सेना फोर्स बलिया सुरा बरु मौखिक जवाफको सट्टा लिपि माध्यमबाट दिने जवाफको लागि कलमको निवलाई अर्जाप्तै बनाउँदै छु, छुरा ।

नाँकको पोरा फुलाऊँदै मुखबाट ज्वाला ओकल्दै कहिले त ठट्यौलीमा रोमाञ्चित भएरबोल्छौं-गिज्याऊँछौं-बोलीको ध्वनि फेर्दै केही छिन हाँस्न वा खान पाएकाहरु-खान दिन्छन् भन्ने आसेहरुको हुईहुई सुईसुईका झङ्कारसँग तालीको सङ्गित गुँञ्जिदा आनन्द मज्जा आएपनि हेर्दै जाऊ भोग्दै जाउ न विस्तारै तिम्रा बोली प्रभावहीन भएर तिम्रालाई नै झर्को लाग्न थाल्छ ।

(३) न त कीर्तिपुरेका नाक काट्ने गोर्खाली तामाङ्गे फौजका तरबारका धारले न त दश बर्षे सशस्त्र  द्वन्द्वमा उठेका बम बन्दुकका बारुद र छर्राका प्रहारले ।  नेपाल देश त खाल्डो मै जाने भो हजुर हाम्रा केही ठूला भनाउँदा नेताहरुको भ्रष्टचार-राष्ट्रघात र जनता मालिक बाहेकका अदृष्य अरु नै गैरजनता मालिकसँगको हात जोडाई र लम्पसारले ।

(४)  उ त लड्छ दर्हो भएर खबरदारी कलमले गर्छ आवश्यक परेमा–माटोले मागेमा ‘मारिन पनि सक्छु ’ भन्दै उसको मन तयार छ निभाएको छ सधैँभरि उसको मनभित्र देशभक्ति र सदाचारको कर्तव्यपूर्ण नोकरी ।

र, जस जसलाई अर्पाटमेन्ट, घर, सवारी साधन थुपार्नु छ-अकूत मनग्गे चाहिएको छ त्यसले नै मनभित्र थुपार्छ बइमानी-चाकरी-दलाली-चुकली जालझेल-राष्ट्रघात-अन्तर्घात-भ्रष्टाचार-लम्पसार यस्तै यस्तै विषादीका अनगिन्ती भकारी ।

(५) “आफ्नो शब्दहरुलाई माथि उठाउँनुहोस् अहंकारलाई हैन”(रुमी ) ।

आफू क्रान्तिकारी हुँ भन्ने देखाउन म नै राज्य हुँ भन्ने अभिमान अहंकारी भावमा कसैको मानमर्दन गर्न नाँकको पोरा फुलाऊँदै मुखबाट ज्वाला ओकल्दै कहिले त ठट्यौलीमा रोमाञ्चित भएरबोल्छौं-गिज्याऊँछौं-बोलीको ध्वनि फेर्दै केही छिन हाँस्न वा खान पाएकाहरु-खान दिन्छन् भन्ने आसेहरुको हुईहुई सुईसुईका झङ्कारसँग तालीको सङ्गित गुँञ्जिदा आनन्द मज्जा आएपनि हेर्दै जाऊ भोग्दै जाउ न विस्तारै तिम्रा बोली प्रभावहीन भएर तिम्रालाई नै झर्को लाग्न थाल्छ ।

(६)  “महत्वकांक्षाको मोती निष्ठुरताको सीपी भित्र हुन्छ ”(जय शङ्कर प्रसाद) ।

  शासन सत्ताको रजगज भोग्न मुखमा जुन बेला जे आयो त्यही फतफताउनेहरु सवै इमान र नैतिकतालाई सताउनेहरु क्षमता र त्याग नगरेकाहरु पद-सत्ताको लागि आफ्नो उच्च महत्वकांक्षा पूरा गर्न मूल्य मान्यता विटुल्याउदै भजाँउदै पद सत्तामा पुगेर हाली मुहाली गर्छन् सत्ताको स्वादिलो डकारमा निष्ठुर र हैकमी व्यवहार गर्छन तब तब राज्यका सवै अङ्गहरु मात्रै हैनन् देशको स्वाभिमान मात्रै हैनन् भोका नाङ्गा असहाय पछि परेका सीमान्तकृत मात्रै पनि हैन ।  देशभक्ति,राष्ट्रवाद,सार्वभौमसत्ता,
अखण्डता मात्र पनि हैन सिङ्गो देश नै अकालमा मर्छ ।

(७) “सरकारको काम भनेको शासन गर्ने मात्र हो । गरिबी-बरोजगारी हटाउने हैन(हरिशङ्कर परसाई) ।”

उनी उम्मेदबार उनलाई कहाँ फुसर्द हुन्छ र ? चुनाव अघि पहिलो प्राथकिमतामा मतदाता दिनमा एउटै मतदातालाई दश पटक हात जोड्दै धनुष्टङ्कार होटलका दाना बिजुली पानी सहितका इन्धन कुपन बाँड्ने हिजोका तिनै बुढा बुढीले ए बाबु लौन अन्याय भयो हेरिदेउन भन्दा उनी मुन्टो बटार्थे आज तिनै बुढा बुढीलाई मेरो बा आमा भन्दै बिहान बेलुका गोडा समाउने धन्दाले फुर्सद छैन ।

 र, चुनाव पछि म-उनी-डाँडाघरे बा सवै मतदाताको प्राथमिकता त अन्तिममा  परेछ । प्राथकिमताहरु बदलिएछन् रङ्ग फेरेर डोजर सवारी साधन भिउटावर फन पार्क देश भित्रका शिक्षा-स्वास्थ्य-रोजगार-विकाश-उद्म भन्दा देश बाहिरकाहरुलाई रिझाउने प्राथमिकता अपरिहार्य हुँदो रहेछ  ।

पहिलेका घोषणापत्रमा गरेका बाचाहरु बिर्सेर मतदातालाई फेरि भूलभूलैयामा नचाउन नयाँ घोषणपत्र निकाल्न हतार हुँदो रहेछ  । बिरालोले बच्चा सारे जस्तो बिजयी भएपछि पुरानोमा पाईला नै नटेकी निर्वाचन क्षेत्र फेर्नु पर्दौ रहेछ  ।

…..सुन्दैछु…..कति कतिको त उच्च प्राथमिकतामा नाफा लाभको लयमा सेटिङ्गले पनि छुँदो रहेछ गोप्य आनन्दको भोगले डकार्ने तयमा ‘डेटिङ्ग’ पनि हुँदो रहेछ ।

(बिम्ब, छवि चित्र सौजन्य : ड्रिम्स टायम तथा आइ स्टक फोटोजमार्फत गुगल-इन्टरनेट ई.सं. २०२२ अक्टोबर २७)
(विराटनगरवासी लेखक स्वतन्त्र लेखनमा अभिरुची दिनु हुन्छ । सम्पर्क ९८२३४१७८९७)