🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

उत्तर कोरियाको आणविक अडान शान्तिका लागि खतराः फ्रान्स

पेरिस, २५ भदौ : उत्तर कोरियाको आणविक अडान “शान्तिको लागि खतरा“ भएको  फ्रान्सले टिप्पणी गरेको छ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले उत्तर कोरियाको आणविक हमला को तयारीलाई “अन्तर्राष्ट्रिय तथा क्षेत्रीय शान्ति र सुरक्षाको लागि खतरा“ भएको टिप्पणी गरेका हुन् । उत्तर कोरियाले शुक्रबार आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गरेको थियो  ।

त्यसअघि उसले आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गर्ने कानुन पारित गरेको थियो । देशका नेता किम जोङ–उनले निर्णयलाई “अपरिवर्तनीय“ भन्दै आणविक निशस्त्रीकरणमा हुने वार्ताको सम्भावनालाई अस्वीकार गरेका छन् ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावहरूको उल्लंघन गर्दै उत्तर कोरियाले बारम्बार  आफ्ना छिमेकीहरूलाई आणविक धम्की दिँदै आएको छ । 

किमले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्तापछि सन् २०१९ मा लामो दूरीको हतियार प्रक्षेपण र आणविक परीक्षण गरेका थिए ।   
एजेन्सी