🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

अर्थात् जेमन्त : शरदराज गौतम

भैलो गाउने प्रचलनसित कसैको विमति छैन ।
सामाजिक विकासक्रममा मौसम र मन अभिव्यक्त गर्ने शैली हो, यो ।
तर, यै भैलो कुनै जाति विशेषले आफ्नो प्रचलनमा गायो र
त्यसलाई भ्रष्टीकरण व्याख्या गरि द्वेष व्याख्या गरियो ।
त्यो भाँडभैलो भयो ।
यो कुनै जाति विशेषलाई अल्पसंख्यक देखाउन गरिएको घृणाको प्रपञ्च मात्रै हो । 
नेपालका सुदूर पश्चिमका केही भागमा सायद अहिले पनि
आफ्नो पहिचानलाई छद्म रुप दिएर बसेको एउटा सानो प्रजाति छ ।
भाँड ।
सरकारी अभिलेखमा २०४५ सालसम्म तिनको अवशेष देखिन्छ पनि ।
तिनका प्रचलन र संस्कृतिलाई भ्रष्टीकरण गर्न विन्यास गरिएको शब्द हो
भाँडभैलो ।
भाँड प्रजातिका विरुद्ध गरिएका संगठित सीमान्तकृत व्यवहारका कारण
ती विलुप्त प्राय छन ।
हामी बीच कै अलिक भिन्न मात्र थिए, ती ।
भिन्न हुनु मात्रै अपराध थियो तिनको ।
भाँडहरुको प्रचलनलाई लिएर भाँडभैलो शब्द बिन्यास भएको हो ।
सम्माननीय प्रधान न्यायाधीशले संसदीय समितिमा दिनु भएको साबितिले
अहिले मुलुकमा उब्जाएका सबाल र सम्मति, दुबै   
समाजको अनुहारमा छम्किएको चिसो पानी हो, भाँडभैलो  होइन ।
सार्वजनिक साबितिमा हुने त्यत्ति हो, सब जान्दछन् ।
सार्वजनिक साबितिमा लागेकालाई निर्लज्जता गौंड हुन्छ ।
सायद त्यसैले पनि प्रहरीहरु नगरबधुको सार्वजनिक साबिति गर्दैनन् ।
तिनलाई राम्रो ज्ञान हुन्छ, आफ्नै हाकिमहरु पनि मुछिन्छन् ।
त्यसैले नगरवधु सम्मानित छन समाजमा ।
नत्र तिनले कुनै दिन भनि देउन
म बोलुँ मसित रात बिताउनेहरुको नाम ?
सबका सबको सार्वजनिक मुखुण्डो उघारिन्छ ।
समाजमा त्यसैले पनि नगरबधु आवश्यक भ्रष्ट संस्था मानिन्छ ।
प्रन्याको बयानलाई लिएर समाजको बौद्धिक क्षेत्रमा छाएको सन्नाटाले
अहिले बुझाउने त्यति हो ।
सार्वजनिक साबितिहरुमा नगरबधुहररुले बोलेका कुरा अन्तिम सत्य हुन ।
अन्यथा पनि होइन, प्रतिशोध पनि होइन ।
नेपाली समाजको भ्रष्टीकरण कुनै एउटा प्रस्थान बिन्दुबाट शुरु भएकै होइन ।
यो बहुआयमिक र बहुकेन्द्रित स्वार्थहरुको प्राकृतिक टकराबमा
सानासाना कारण र प्रभावबाट जन्मिएका हुन ।
त्यसमा सब सम्मिलित छन ।
यदि कोही भनोस्, 
समाजको भ्रष्टीकरण एकजना नगरबधुका कारण मात्र भएको होस् भनेर ।
सबका सब बुहारी र भाउजुहरुले आफ्नो साबितिमा मुख खोल्नु पर्ने हुन्छ । 
मुलुकको राजनैतिक, सामाजिक, नैतिक , र आर्थिक संरचना विघटनको दैलोमा छ ।
यसलाई स्वीकार्नु, सर्वसम्मत स्वीकार्नु  र मात्र स्वीकार्नु, बरु जाति हुन्छ ।
नत्र, चोलेन्द्र शम्सेर राणा अहिले साबिति कठघरामा छन ।
जुन दिन राष्ट्रपतिमाथि यस्तो प्रपञ्च हुनेछ,
सबका सबले आफ्नो पुंसकतामा साबिति दिनु पर्ने हुन्छ ।
समाजले लाखौं वर्ष लाएर बनाएको एउटा गति छ ।
कोही यो गति विपरीत जाँदा मात्रै गति छाडा जन्मिने हो ।
सबका सबले आफ्नो छातिमा हाथ राखुन, 
र, आफ्नो कालखण्डमा कसले कति गति छाडेका छन भनुन् ।
चोलेन्द्र शम्सेर राणा पतित हुन
भन्न पाइन्छ ।