🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

कर्णालीका दुई मन्त्रीद्वारा शपथ ग्रहण

सुर्खेत । कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । सोमबार आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रातो कामीले शपथ ग्रहण गरेका हुन् ।

सोमबार उनीहरूलाई मन्त्रीमा नियुक्त गरिएकोमा सोमबार नै प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन् । योजनामन्त्री शाह र ऊर्जामन्त्री कामीले शपथ लिएसँगै कार्यभार सम्हालेका छन् ।

माओवादी केन्द्रबाट योजनामन्त्री शाह जाजरकोटबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । कामी रुकुम पश्चिमबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

नेकपा (माओवादी केन्द्र) ले सरकारमा सहभागी दुई जना मन्त्री फिर्ता बोलाएर सदस्यद्वय शाह र कामीलाई सरकारमा पठाइएको हो । यसअघि माओवादी केन्द्रबाट योजनामन्त्रीमा विन्दमान विष्ट र ऊर्जामन्त्रीमा गणेशप्रसाद सिंह थिए ।