🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

लगातार घटिरहेको सेयर बजारमा सामान्य सुधार

काठमाडौं, १३ भदौ । सेयर बजार परिसूचक नेप्से सोमबार सामान्य बढेको छ । लगातार घटिरहेको सेयर बजार आज भने सामान्य सुधार भएको हो ।

नेप्से तीन दशमलव ७६ अंकले बढेर एक हजार नौ सय ९३ दशमलव ०२ विन्दुमा पुगेको छ । आज जीवन बीमा र उत्पादन समूहको सेयर ४० अंकभन्दा धेरै बढेको छ। बैंक, माइक्रोफाइनान्स, लगानी र म्यचल फन्ड समूहको सेयर भने घटेको छ ।

आज दुई सय २२ वटा कम्पनीको ३४ लाख ४० हजार कित्ता सेयर एक अर्ब २६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल टेलिकमको ११ करोड २५ लाख रुपैयाँको सेयर किनबेच भयो ।

नेप्से सामान्य बढेको दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि रुरु जलविद्युत् कम्पनीको सेयर झन्डै ६ प्रतिशतले घटेको छ ।