🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

एमाले–माओवादी केन्द्रलाई एकताबाट भाग्ने कुनै छुट छैन–रक्षामन्त्री पोखरेल

काठमाडौं, १८ वैशाख । नेकपा एमालेका महासचिव एवं रक्षामन्त्री इश्वर पोखरेलले नेकपा एमाले र नेकपा माओवादीलाई एकताबाट भाग्ने कुनै छुट नभएको भन्दै दुई कम्युनिष्टको छिट्टै एकता हुने बताएका छन् । नेपाल ट्रेड यूनियन महासंघ९जिफन्ट० को नयाँ नेतृत्वको कार्यभार हस्तान्तरण कार्यक्रम एवं मे डे को शुभकामना व्यक्त गर्दै उनले न्यायोचित, सम्मानजनक र समानताका तीन आधारमा दुई पार्टीको एकता हुने स्पष्ट पारे ।

उनले प्रतिशतका आधारमा एकता हुन नसक्ने बताए । पार्टी एकताको अन्तिम विट मार्न दुई पार्टीका अध्यक्षहरुलाई जिम्मा दिईएको उल्लेख गर्दै उनले अतितमुखी नभएर भविष्यमुखी ढंगले एकता गरिने बताए । दुई पार्टी एकताबारे औपचारिकता दिनमात्र बाँकी रहेको उनले उल्लेख गरे ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार एवं जिफन्टका संरक्षक विष्णु रिमालले श्रमिक संगठनको नेतृत्व दिनेहरुको एक निर्णयले सारा श्रमिकको दैनिक जीवनयापनमा नै ठूलो असर पार्ने भन्दै त्यसतर्फ विचार पुर्याउन नयाँ नेतृत्वलाई आग्रह गरे ।

यस्तै कार्यक्रममा महासंघका नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठले सबै मजदुरका हितमा आफू नेतृत्वको नयाँ टिमले काम गर्ने बताए । त्यस्तै जिफन्टका केन्द्रीय अनुशासन निरिक्षण आयोगका प्रमुख विष्णु लम्सालले अनुशासित ढंगले श्रमिक संगठनमा लाग्न निर्देशन दिएका थिए । जिफन्टका नवनिर्वाचित महासचिव जनक चौधरीले नयाँ कमिटीले बजारमा देखिएको सबै श्रमिकका समस्या समाधान गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए ।