🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा राई

काठमाडौं  । नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा युगलकिशोर राई र गोलकिपर प्रशिक्षकमा विनोद डंगोल नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को २६ साउनमा बसेको बैठकले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षकमा प्रदीप हुमागाईँलाई नियुक्त गरिसकेको छ ।

कार्यबाहक मुख्य प्रशिक्षक हुमागाईसँगको सल्लाहपछि राई र डंगोललाई नियुक्त गरिएको हो । सहायक प्रशिक्षक राई नेपाल सुपर लिग (एनएसएल)का लागि धनगढी एफसीका मुख्य प्रशिक्षक हुन् । यस्तै, डंगोल ए डिभिजन लिग क्लब मनाङ मर्स्याङ्दी क्लबका गोलकिपर प्रशिक्षक हुन् ।

एन्फाको २६  साउनको बैठकले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बिदामा भएका बेला बैठकले हुमागाईलाई कार्यबाहक प्रशिक्षक नियुक्त गरेको थियो । यसअघि अब्दुल्लाहसँग किरण श्रेष्ठले सहायक प्रशिक्षक तथा विकास मल्लले गोलकिपर प्रशिक्षकको जिम्मेवारी निभाएका थिए ।

एएफसी एसियन कप छनोटपछि अब्दुल्लाह बिदामा छन् । त्यसयता उनले २६ खेलाडीलाई बंगलादेशबिरुद्द प्रशिक्षणका लागि बोलाउन एन्फा सचिवालयलाई अनुरोध गरेका थिए । तर, एन्फाले विवादमा तानिएका प्रशिक्षक अब्दुल्लाहको विकल्प खोजेको छ।