🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक फरार

काठमाडौं। काठमाडौंको कोटेश्वरमा हिजो बेलुकी माइक्रोबासको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुने पैदलयात्री स्याङजाको थुङचुङगढीका अन्दाजी ५२ बर्षीय देउ कुमार सेन रहेका छन् । 

पैदलायात्रीलाई ठक्कर दिएर माइक्रोबस अनियन्त्रीत भई ट्रकसंग ठोक्किएको थियो । दुर्घटनामा एक जना घाइते भएका छन् । माइक्रोबसको ठक्करबाट गम्भीर घाइते भएका सेनको उपचारको क्रममा ग्वार्को स्थित वि एण्ड वि अस्पतालमा बेलुकी पौने ९ बजे मृत्यु भएको हो । 

घाइते भएका माइक्रोका परिचालक रामेछापको मन्थली नगरपालिका–९ घर भई हाल ललितपुरको कुमारीपाटी बस्ने अन्दाजी २३ बर्षीेय विमल सुनुवारको बानेश्वर स्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

बा२ख १२३१ नम्बरको जम्बो माइक्रोबसले हिजो बेलुकी पौने ८ बजे पैदलयात्री सेनलाई ठक्कर दिई अनियन्त्रीत भई बालकुमारीबाट कोटेश्वर तर्फ आउदै गरेको प्रदेश ३–०१–००६ख ०२९५ नम्बरको ट्रकमा ठोक्किएको थियो ।  दुर्घटना लगतै फरार भएका माइक्रोबसका चालकको खोजी भइरहेको छ ।