🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

भेट्रान फुटबलः ढोलाहिटीलाई उपाधि

काठमाडौं ;  ढोलाहिटीले प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगिताको उपाधि जेठ ३१ गते मंगलबार जितेको छ ।

चावहिलको चन्द्रविनायक पार्कको मैदानमा भएको फाइनलमा ढोलाहिटीले फ्रिडम फाइटर ‘ए’ लाई २–१ गोलले पराजित ग¥यो । ढोलाहिटीका ‘म्यान अफ द म्याच’ नितिन गुरुङ र विश्वलाल श्रेष्ठले १–१ गोल गरे । फ्रिडमका विकर्ण श्रेष्ठले १ गोल फर्काए । उपाधिसंगै ढोलाहिटीले १ लाख नगद पुरस्कार पायो भने फ्रिडमले ५० हजार नगदमा चित्त बुझायो ।

काठमाडौं महानगरपालिका वडा ७ को सहयोगमा चावहिल स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगितामा फ्रिडमका राजकुमार घिसिङ उत्कृष्ट खेलाडी घोषित भए ।

दीपक डंगोल उत्कृष्ट गोलरक्षक तथा विश्वलाल श्रेष्ठ उत्कृष्ट डिफेन्डर चुनिए । दुवै ढोलाहिटीका हुन् । प्रतियोगिताभर ९ गोल गरेका फ्रिडमका विकर्ण श्रेष्ठ सर्वाधिक गोलकर्ता बने ।

विजेतालाई पूर्व मन्त्री गगनकुमार थापा, वडा ७ का अध्यक्ष विमलकुमार होडा, आयोजक क्लबका अध्यक्ष अजब श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । जेठ २६ गतेदेखि सुरु नकआउट प्रतियोगितामा १५ टिम सहभागी  थिए ।
न्युज कारखाना