काठमाडाैं । सरकारले नेपाल प्रहरीमा रिक्त रहेको ५ एआईजीपीमा पदमा ५ जना डीआईजीहरूलाई बढुवा गरेको छ । सरकारको २०७९ जेठ २३ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको बढुवा तथा पदस्थापनाको निर्णय गरेको हो ।
गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको सचिवालयले २०७९ जेठ ९ मा उनीहरुको नाम बढुवाका लागि सिफारिस गरेको थियो ।
बढुवा हुनेमा डीआईजीहरु उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह रहेका छन् ।
डीआईजी सुवेदी हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख छन् ।
यस्तै बिसीले १ नम्बर प्रदेश प्रहरी कार्यालय र लोहनीले गण्डकी प्रदेश प्रहरी कार्यालयको नेतृत्व गरिरहेका छन् । डीआईजी आचार्य प्रहरी प्रधान कार्यालयस्थित कार्य विभाग, कार्य निर्देशनालयमा कार्यरत छन् भने सिंह वाग्मती प्रदेश प्रहरी कार्यालय हेटाैडाको नेतृत्व गरिरहेकी छन् ।
यी पाँचै जना प्रहरी उच्च अधिकारी जेष्ठ, सक्षम, कार्यकुशलता, अनुभवी र व्यावसायिकता लगायत दृष्टिकोणले अब्बल अधिकारी भए पनि राजनीतिक कोपभाजनका कारण बढुवामा पछि पर्दै आएका थिए ।




