🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

‘यतिबेला नेकपा एमाले सरकार परिवर्तनको खेलमा छैन\’ महासचिव पोखरेल

काठमाडौं, २० जेठ ।  नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी सरकार परिवर्तनको खेलमा नरहेको बताएका छन् ।

सत्ता गठबन्धन भत्काउन एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ‘प्रधानमन्त्रीको कार्ड’ फ्याँकेको विवरण सार्वजनिक भइरहँदा पोखरेलले ‘यतिबेला  एमाले सरकार परिवर्तनको खेलमा छैन’ भनेका हुन् ।

उनले एमाले विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुटिरहेको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘यतिबेला नेकपा एमाले सरकार परिवर्तनको खेलमा छैन ।  विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुटदैछ ।’

उनले त्रिभुवन विश्वविद्यालयमा नेविसंघले तालाबन्दी गरेको विषयमा पनि उल्लेख गरेका छन् । ‘असान्दर्भिक माग राखेर सत्तापक्षका विद्यार्थी संगठनले विश्वविद्यालयमा तालाबन्दी गरेको लामो समय भयो । सरकार थाह नपाएझै चिरनिद्रामा छ । झकझक्याउ,’ उनले लेखेका छन् ।

नेविसंघले ७ माघदेखि लगाएको ताला बुधबार नेकपा (क्रान्तिकारी) ले फुटाएको थियो । तर, नेविसंघले बिहीबार फेरि तालाबन्दी गरेको हो ।
न्युज कारखाना