🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

सर्लाहीको धनकौलमा कांग्रेस विजयी, वडामा माओवादी र एमाले पनि विजयी

सर्लाही, २ जेठ : सर्लाहीको धनकौल गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । धनकौलमा कांग्रेसका रामआश्रय साह पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

साह ४ हजार ४७७ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका फकिरा महतोले ३ हजार ३७८ मत मात्र प्राप्त गरे ।

तेस्रोमा झरेका एमालेका अजयकुमार सिंहले १ हजार ६०७ मत प्राप्त गरे ।

काे कहाँ विजयी ?

यहाँ ४ वटा वडामा कांग्रेसका, दुई वडामा माओवादी केन्द्रका र एक वडामा एमालेले वडाध्यक्ष जितेकाे छ ।

कांग्रेसले धनकौल-१, २, ४ र ७ मा जितेकाे हाे । यी वडाका वडाध्यक्षमा क्रमश: गौरीशंकर महतो, रामबहादुर सहनी, नरेन्द्र राय यादव र रामलखन राय निर्वाचित भएका छन् ।

माओवादी केन्द्रले ५ र ६ मा बाजी मारेको छ । ५ गजेन्द्र महतो ५ र ६ श्यामबाबु साह वडाध्यक्षमा निर्वाचित भएका छन् ।

एमालेले ३ नम्बर वडामा मात्र जितेकाे छ । अशोककुमार यादव वडाध्यक्षमा विजयी भएका हुन् ।

एसवी थापा/न्युज कारखाना