काठमाडाैं । नेपाल राष्ट्रकाे विविध क्षेत्रमा विभिन्न पेशा व्यवसायमा कार्यरत रहेर विशिष्ट याेगदान गरेका व्यक्तिहरू संगठित भएर खडा गरिएकाे र निर्वाचन आयाेगमा समेत २०७८ मै दर्ता भएकाे एकीकृत शक्ति नेपालले स्थानीय तहमा भाग नलिने भएकाे छ । एकीकृत शक्ति नेपालले 'जनता सङ्गठित हुँदैछन अभियान' अन्तरगत देश विदेशमा समेत आफ्नाे संगठन विस्तार गर्ने क्रममा सम्पर्क र भेटघाटलाई तिव्रता दिन थालेकाे बताएकाे छ ।
एकीकृत शक्ति नेपालकाे उद्देश्यमा ''इमान्दारीका साथ राष्ट्रियता, राष्ट्रिय एकता, सामाजिक सद्भाव , अखण्डता, गैर्हजातिवाद, सुशासन र मौलिक धर्म सस्कृतिको संरक्षणसहित समृद्धि चाहने हरेक नेपालीजनलाई एकीकृत शक्ति नेपालमा आबद्ध हुन'' आव्हान गर्दै आएकाे छ । एकीकृत शक्ति नेपालले निर्वाचनका लागि विभिन्न कार्य गर्नेगरी संसदीय बाेर्ड समेत गठन गरेकाे बताएकाे छ ।
एकीकृत शक्ति नेपालकाे संसदीय बाेर्ड यस दलका अध्यक्ष देवप्रकाश त्रिपाठीकाे नेतृत्वमै गठन भएकाे जानकारी हुन आएकाे छ । एकीकृत शक्ति नेपालकाे संसदीय बाेर्डमा वरिष्ठ उपाध्यक्ष डा. रामप्रसाद उप्रेती, उपाध्यक्ष ईन्द्र तामाङ्ग, महासचिव वीपी तिल्मिसिना, सचिवहरू सुभास पाण्डे, दुर्गा विक्रम थापा, सुवास आचार्य, पदम पाण्डे, काेषाध्यक्ष श्याम पाण्डे, उपत्यका संयाेजक जुलुम रत्न डंगाेल, भिक्षु आनन्द, डा. मनाेहरलाल श्रेष्ठ, जयवहादुर चन्द र मञ्जिला शर्मा रहेका छन् ।
एकीकृत शक्ति नेपालले स्थानीय निर्वाचनमा कुनै पनि उम्मेदवार खडा नगर्ने बताएकाे छ । स्थानीय निर्वाचनकाे अवलाेकन, अध्ययनका साथै स्थानीय निर्वाचनमा कार्यक्रमहरू गरेर जन चेतना अभियान सञ्चालन गर्ने काम गर्ने एकीकृत शक्ति नेपालका अध्यक्ष देवप्रकाश त्रिपाठी जानकारी दिए ।
अध्यक्ष त्रिपाठीका अनुसार, ''स्थानीय सरकारलाई निष्पक्ष र पारदर्शी तुल्याउन गैर्हदलीय निर्वाचनको अपरिहार्यता रहन्छ। एकीकृत शक्ति नेपालले स्वतन्त्र उम्मेदवारसङ्ग सहकार्य गर्ने निर्णय लिएको छ।''
अध्यक्ष त्रिपाठीका अनुसार, संसदीय निर्वाचनमा भने एकीकृत शक्ति नेपाल धुमधामका साथ सहभागी हुने बताइएकाे छ । एकीकृत शक्ति नेपालले संसदीय निर्वाचनका लागि केन्द्रित भएर अहिलेदेखि नै विविध कार्यक्रमहरू सञ्चालन गर्दै आफ्नाे पार्टीका गतिविधिहरू अगाडि बढाउँदै जन समक्ष जाने जानकारी पनि गराएकाे छ ।



