🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

काैडीकाे मूल्यमै केशर महल कब्जा गर्ने दाउमा शेष घले ?

काठमाडाै। । नेपालको ऐतिहासिक सम्पदाको रुपमा रहेको र एक सय वर्ष नाघिसकेको केशर महललाई व्यापारीहरूले काैडीकाे मूल्यमा कब्जा गरेर होटलको रुपमा विकास गर्ने खेल सुरु भएको खुलासा भएको छ ।

स्राेतका अनुसार, एनआरएनका पूर्वअध्यक्ष शेष घलेको स्वार्थअनुसार उक्त भवन होटल बनाउन केशर महल कब्जा गर्न खोजेको चर्चा सुरु भएको छ ।

  केशर महलको उत्तरतिर घलेको भयंकर  होटल निर्माणाधिन अवस्थामा रहेकाे छ । त्यही होटललाई विस्तार गर्ने क्रममा केशर महल कब्जा गर्न खोजेकाे स्राेतकाे दावी छ ।

प्रधानमन्त्री शेरवहाादु देउवाकी  पत्नी आरजु देउवासँग विशेष सम्बन्ध जोडिएका व्यापारी घलेले राजनीतिक आडमै उक्त केशर महल आफ्नो नियन्त्रणमा लिन प्रयत्न गरिरहेको दावी गरिएको छ ।

 २०७७ सालमा एक समितिमार्फत महललाई भाडामा लगाउने गरी प्रतिवेदन तयार भएको थियो । उक्त प्रतिवेदन विवादमा परेका कारण केही समय रोकिएको थियो । तर, अहिले  फेरि गठबन्धन सरकारले उक्त प्रतिवेदन कार्यान्वयन गर्न लागेको प्रसंग उठेको छ ।

महललाई कसरी व्यवस्थापन गर्ने भन्नका लागि लोकभक्त राणा, युवराज सुुवेदी, दशरथ मिश्र र धुव्रराज रेग्मी रहेको अध्ययन समिति बनेको थियो । स्राेतका अनुसार, केशर शमशेरका नाती हुन लोकभक्त राणा ।

उक्त समितिमा रहेका दशरथ मिश्र मात्रै केशर महललाई भाडामा लगाउन असहमति जनाएका थिए । केशर महलमा रहेकाे स्वप्न बगैँचाले आठ रोपनी क्षेत्रफल चर्चिएको छ भने केशर महल ३४ रोपनी दुई आना एक पैसा तीन दाम क्षेत्रफलमा फैलिएको छ ।

कोरोनाको तेस्रो लहर चलिरहेको मौका छोपेर शिक्षा मन्त्री देवेन्द्र पाैडेल र  मन्त्रालयका अधिकारीहरूले स्थगित भइसकेको केशर महल परिसरलाई हेरिटेज रेस्टुरेन्टको रूपमा चलाउन दिने रणनीतिलाई अगाडि बढाएको चर्चा छ । गोरखापत्र दैनिकले २०७८ माघ ११ गते साे सम्बन्धमा समाचार लेखेपछि उक्त रहस्यको पर्दाफास भएको हो ।