जाडो मौसममा रुघाखोकी सामान्य हो । तर, यसको नियन्त्रण पनि उत्तिकै महत्वपूर्ण हुन्छ । जानौं केही घरेलु उपचारहरु जसले हाछ्यू रोक्न मद्दत गर्दछ ।
अमला : अमला हुने एन्टीअक्सिडेन्टले नाकलाई खुलाउन मद्दत गर्दछ । यसको सेवन गर्नु अथवा रस पिउनाले अचानक आइराखेको हाछ्यूँ रोक्न सकिन्छ ।
अदुवा र तुलसी : अदुवा र तुलसी मिलाएर सेवन गर्नाले केही समयका लागि रुघा, खोकी तथा एलर्जीमा आराम पाउन सकिन्छ ।
लसुन : लसुनमा हुने एक्टीभ इन्ग्रेडिएन्ट एलिसिनले नाकमा प्रभाव पार्ने ब्याक्टेरियालाई नष्ट गरेर प्रतिरक्षा बलियो बनाउँदछ ।
गेडागुडी तथा नट्स : भोजनमा गेडागुडी, फलफूल, बदाम, काजुजस्ता नट्सहरु सामेल गर्न सकेमा रुघा र हाछ्यूँबाट बच्न सकिन्छ । साथै यसमा जिंक हुने भएकाले प्रतिरक्षा विकास गरी शरीरले राहत पाउन सक्छ ।
ठूलो इलाइची : ठूलो इलाइचीको कडा सुगन्ध र यसको तेलले घाँटी र नाकको असरलाई गरी तुरुन्त हाछ्यूँ रोक्न मद्दत गर्दछ ।



