🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

प्रज्ञाको २२ करोड स्वाहा !

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका पदाधिकारीले एकपछि अर्को गरी काण्डैकाण्ड मच्याइएको पाइएको छ । आवश्यकता भन्दा बढी कर्मचारी करारमा भर्ना गरेर आलोचना खेपिरहेको प्रतिष्ठानले गरेको अर्को बदमासीको पर्दाफास भएको छ । २०७२ साल बैशाखमा गएको भूकम्पले क्षति नपु¥याएको र हरियो स्टिकर टाँसेको भवनलाई क्षति पुगेको नाममा प्रतिष्ठान नेतृत्वले पुनर्निर्माण प्राधिकरणबाट २२ करोड बजेट स्वीकृत गरायो । मूल भवनलाई मर्मत, रेक्ट्रो फिटिङ्ग पुराना कुर्सी हटाउन भन्दै उक्त रकम ल्याइएको स्रोत बताउछ । ई.महेन्द्र कार्कीको सोर्सफोस र जोडबलमा सो रकम ल्याइएको समाचार स्रोतले बताउँछ ।

प्रज्ञा भवनमा रेक्ट्रो फिटिङ्ग, मर्मत र नयाँ कुर्सीको लागि भनेर ल्याइएको २२ करोड बजेटमा पनि प्रतिष्ठानका हर्ताकर्ता र पदाधिकारीहरूको आँखा लागेको उक्त समाचार श्रोतले बतायो । मर्मत संभार, रेक्ट्रो फिटिङ, रङरोगन, नयाँ कुर्सी खरिदको नाममा खर्च गर्दा व्यापक रुपमा अनियमितता भएको नाम उल्लेख नगर्ने सर्तमा जानकार कर्मचारीहरूले साँघुलाई बताए । १२ महिनामा २ महिना पनि काम नहुने प्रतिष्ठानमा मासिक ७० हजार तलव दिने गरी करारमा इन्जिनियर भर्ना गरिएको छ ।

यी र यस्ता विषयमा पदाधिकारीको ध्यान बढी गएकोमा कर्मचारीले आपत्ति जनाएका छन् । आवश्यकताका लागि भन्दा पनि पदाधिकारीले आ–आफनो स्वार्थपूर्ति र नजिकका नातेदारहरूलाई जागिर खुवाउन लागि यी काम गरेको आरोप छ ।