🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

नेपाल लाइफको संस्थापक सेयर बिक्रीमा

 
काठमाडौं २७ मंसिर : नेपाल लाइफ इन्स्योरेन्सका संस्थापकले सेयर बिक्री गर्ने भएका छन् । कम्पनीका  संस्थापक सेयरधनीहरू अशोक कुमार अग्रवाल र प्रुडेन्सियल क्यापिटल मेनेजमेन्टको नाममा रहेको दुई लाख १३ हजार एक सय कित्ता सेयर बिक्रीमा ल्याएको कम्पनीले सोमबार एक सूचना प्रकाशित गरी जनाएको छ ।

कम्पनीको संस्थापक सेयरधनीहरू अशोक कुमार अग्रवाल र प्रुडेन्सियल क्यापिटल मेनेजमेन्टको नाममा रहेको सेयर बिक्रीमा आएको हो ।

कम्पनीको संस्थापक सेयरधनी अशोककुमार अग्रवालको १३ हजार १०० कित्ता र प्रुडेन्सियल क्यापिटलको दुई लाख कित्ता सेयर बिक्रि गर्ने सूचनामा जनाएको छ । 

सो सेयर खरिद गर्नका लागि संस्थापक सेयर कारोबारसम्बन्धी निर्देशिका २०७७ को निर्देशन नं. ११ बमोजिम सुरुमा संस्थाका संस्थापक सेयरधनीले खरिद गर्नपर्ने हुन्छ । संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन नपरेमा सर्वसाधारणले उक्त सेयर खरिद गर्न सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र आवश्यक कागजात संकलन गरेर कम्पनीको केन्द्रीय कार्यालय, कमलादी काठमाडौंमा पुग्ने गरी आवेदन दिन पर्नेछ ।

न्युज कारखाना