🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

एमालेको महाधिवेशनपछिको कार्यभार 

 

सर्वाेच्च अदालतको परमादेशबाट सत्ताबाट बाहिरिएको चार महिना ९ दिन पछि २०७८ मंसिर १० गतेबाट नेकपा एमालेले आफ्नो दशौं महाधिवेशन सुरु गरेर मंसिर १२ गते समापन गरेको छ । अहिलेसम्म नेकपा मालेहुँदै एमालेले सम्पन्न गरेका यी दशमध्ये सबैभन्दा चर्चित र उत्सुकताको महाधिवेशन भने यही दशौं महाधिवेशन नै रह्यो । २०७४ मंसिरमा सम्पन्न आम निर्वाचनमा अन्य दलहरूलाई पछाडि पार्दै अग्रस्थानमा रहेको नेकपा एमालेलाई सर्वाेच्च अदालतको परमादेशबाट खेदेपछि सत्तामा पुगेका केही कम्युनिष्ट पार्टीहरूले नेपालको राजनीतिमा एमालेलाई एक्ल्याउने योजना बनाइराखेका छन् । स्थानीय तहको निर्वाचनसँगै आमनिर्वाचनसमेत आउन लागेको अवस्थामा सरकारमा रहेका नेकपा माओवादी र नेकपा समाजवादीले नेकपा एमालेलाई एक्ल्याउने योजना बनाइरहँदा सम्पन्न भएको नेकपा एमालेको दशौं महाधिवेशन यही कारणले गर्दा बढी चर्चित र उत्सुकताको राजनीतिक एजेण्डा बन्न पुगेको थियो । 

बदलिँदो परिस्थितिमा दशौं महाधिवेशनले केपी ओलीलाई दोहो¥याएर पार्टी नेतृत्व दिने निश्चित पहिले नै भइसकेको भएपनि पार्टी विभाजित भएको अवस्थामा अब हुने स्थानीय आमनिर्वाचनसँगै आउन लागेको उपनिर्वाचनमा समेत नेकपा एमालेले कस्तो नीति अख्तियार गर्छ र कस्तो योजना बनाएर अगाडि बढ्छ भन्ने उत्सुकता नै राजनीतिक क्षेत्रसँगै आमजनतामा समेत रहेको स्थिति छ । 

 यही चुनौतीपूर्ण स्थितिलाई सम्बोधन हुनेगरी र पार्टीका तमाम कार्यकर्ता, आम जनता र शुभचिन्तकमा नयाँ उत्साह थप्नेगरी यो महाधिवेशन सम्पन्न गरेको छ भन्दा अन्यथा हुँदैन । नेकपा एमालेको यो महाधिवेशन असफल पारेर नेकपा एमालेमाथि आक्रमण गर्ने नियोजित षड्यन्त्र भएको थियो र यो षड्यन्त्रमा नेकपा एमालेका केही वरिष्ठ नेतालाई समेत उपयोग गर्ने कोसिस गरिएको थियो । तर नेकपा एमालेका विरुद्धमा भएका यी सबै षड्यन्त्र एमालेको एकताको दशौं महाधिवेशनबाट असफल भएका छन् । 

दशौं महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्दै जम्बो नयाँ नेतृत्व चयन गरेको नेकपा एमालेका निम्ति सबैभन्दा ठूलो चुनौती भनेको आउनै लागेको स्थानीय तहको निर्वाचन र त्यसपछि आउने आमनिर्वाचन रहेको छ । यो स्थितिमा नेकपा एमालेले अबका दिनमा जनताको समर्थन प्राप्त गर्नेगरी योजना र कार्यक्रम लिएर अगाडि बढ्नुपर्ने हुन्छ ।

 

किनभने नेकपा एमालेलाई सर्वसाधारण जनताले सबैभन्दा बढी विश्वास गर्छन् भन्ने कुरा सम्पन्न आमनिर्वाचनको परिणामले नै देखाइसकेको छ र जनताले एमालेप्रति गरेको त्यो विश्वास र समर्थनलाई अहिले कुल्चने प्रयास भइराखेको छ । त्यसकारण सर्वाेच्च अदालतको परमादेशबाट नेकपा एमाले सत्ताबाट बाहिरिनेगरी भएको परमादेशलाई जनतामाथिकै प्रहार भन्ने रुपमा नेकपा एमालेले नै अबका दिनमा आम जनतालाई बुझाउन सक्नुपर्दछ । किनभने लोकतन्त्रमा अन्तिम न्यायाधीश भनेको जनता नै हुन्छ र त्यो न्यायाधीशले मुलुकमा भइराखेका सबै घटना र षड्यन्त्रलाई नजिकबाट हेरिराखेको हुन्छ । 

  भरतपुरमा सम्पन्न दशौं महाधिवेशनले केपी ओलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । यो कार्यसमितिमाथि नेकपा एमालेका कार्यकर्ताले मात्र होइन, आमजनताले समेत समयको माग र चुनौतीलाई सामना गर्दै अगाडि बढ्ने अवसर र चुनौती दुबै  दिएका छन् । यो अवस्थामा कतिपय पदाधिकारीका आकांक्षीहरूले आफ्नो अपेक्षा पूरा नहुँदाको स्थितिमा दुःख मनाउ गरेर बस्ने होइन, पार्टीलाई समयले दिएको चुनौती सामना गर्दै अगाडि बढ्न होस्टेमा हैंसे गर्नुपर्दछ । यसो भयो भने मात्र नेकपा एमाले अस्वस्थ खेलहरूलाई पराजित गरेर अगाडि बढ्नुपर्दछ । (सम्पादकीय, मंसिर १३)