🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

राष्ट्रिय परीक्षा बोर्डमा आ”च पुग्ने काम गरिएको छैन

श्रीमान् सम्पादकज्यू, सा“घु साप्ताहिक

उक्त विषयमा तपाईद्वारा सम्पादिततथा प्रकाशित सँ“घु साप्ताहिक पत्रिकाको वर्ष ३५ अङ्क १२ र १३ मा मेरा विषयमा लगातार समाचार प्रकाशन हुन गएको विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

विद्या वारिधि सम्बन्धमा

मेरो विद्या वारिधिको विषय पत्रिकामा उल्लेख नै छ । यहा“ले विश्व विद्यालयसंग एकपटक छलफल गरेर यस विषयको जानकारी लिनु भएको भए राम्रो हुन्थ्यो । त्यसका मूल्याङ्कनका सन्दर्भमा पनि तपाईलाई आवश्यक जानकारी हुने थियो । विद्या वारिधिको आफ्नो प्रव्रिmया हुन्छ । सबै विश्व विद्यालयमा अनुसन्धान समिति हुन्छ । समितिको पनि आफ्नै प्रव्रिmया हुन्छ । यस विषयमा कसैले भनेको भरमा विद्या वारिधि हुने विषय होइन । त्यसैले यो विषय निराधार हो । जो व्यक्तिसंगको सामिप्यताको विषय लेख्नु भएको हो सो निराधार छ र कपोलकल्पित पनि छ ।

परीक्षा बोर्ड सम्बन्धमा

परीक्षा बोर्डभित्र गरिने काम कसरी हुन्छन् ? त्यसमा शिक्षा ऐन तथा बोर्डका नियम र विनियमहरूमा राष्ट्रिय परीक्षा बोर्ड र त्यसले गर्ने काम समावेश छ । परीक्षा बोर्डभित्र सम्पादन गरिने काम र कार्य पद्धति नियम निर्देशिका अनुसार हुन्छन् । कुन कार्यालयको के जिम्मेवारी छ ? त्यसको कार्य सम्पादन कसरी गर्ने भन्ने आन्तरिक कार्य सम्पादनका आधारहरू बनेका हुनछन् । यस वोर्ड अन्तर्गत महाशाखा, शाखा, तथा कार्यालयले सम्पादन गर्ने काम निश्चित छन् । मैले राष्ट्रिय परीक्षा बोर्डको समन्वयकारी भूमिका निर्वाह गरेको छु । कहा“ हस्तक्षेप भएको छ ?  परीक्षा बोर्डको सङ्गठन संरचना अनुसार ककसले के के जिम्मेवारी निर्वाह गर्नु पर्दछ उल्लेख छ सोही आधारमा सबैले कार्य सम्पादन गरेका छन् । ती जिम्मेवारीमध्ये मैले सदस्य सचिवको जिम्मेवारी निर्वाह गरेको छु । यहा“को पत्रिकामा प्रकाशन भएको समाचार झुठो हो । अरुको अधिकार मैले हनन गरेको छैन । 

संस्थागत रुपमा राष्ट्रिय परीक्षा बोर्डको मर्यादालाई आ“च आउने गरी कुनै काम गरिएको छैन । कतिपय समाचारमा उल्लेख फाइल स्वीकृत गर्ने आधार भनेर यहा“ले उल्लेख गरेका विषय आधार र तथ्यविहीन छन् । यसमा माननीय मन्त्रीज्यूको नाम समेत लिएर कपोलकल्पित विषय लेखिएको छ । यो विषय झन आपत्तिजनक छ । कार्यालयको कार्य सञ्चालनका मापदण्ड तथा आधार हुन्छन् र त्यसैका आधारमा काम गरिएका छन् । साथै समाचार बनाउने क्रममा तपाईले यस विषयमा मसंग कुनै पनि कुरा सोध्नु भएन, जुन मेरा लागि ठूलो दुःखको कारण बनेको हो ।  

परीक्षा सञ्चालन तथा व्यवस्थापन र त्यससंग सम्बन्धित काम परीक्षा नियन्त्रण कार्यालयबाट सम्पादन हुने गर्दछन् । त्यसमा सदस्य सचिवले अनुगमन गर्न सक्छन् तर उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षणको काम परीक्षा नियन्त्रण कार्यालयबाट हुने नियमित काम हो । यो कार्य परीक्षा नियन्त्रण कार्यालयले गरिरहेकै छ । यस विषयसंग जोडेर अनावश्यक व्यक्तिगत लान्छना लगाइएको छ यसमा समेत म आपत्ति प्रकट गर्दछु । यी सबै समाचार कपोलकल्पित छन् । बसेर छलफल गरौं । कही“ सुधार गर्ने ठाउ“ तपाईले देख्नु भएको छ भने बोर्डले सुधारका काम अघि सार्नेछ । बोर्ड सबैको हो । यसको सुधारका लागि अग्रसर हुन सबैलाई आह्वान समेत गर्दछु ।          –डिल्लीराम रिमाल, सदस्य सचिव, राष्ट्रिय परीक्षा बोर्ड