🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

विवादकै बीच आईजीपी खनालको भारत भ्रमण ?

काठमाडौं । नेपालको उत्तरी सीमा नाकाहरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टको संख्या बढाएर विवादमा परेका सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालसहितको टोली भारत जाने भएको छ ।

नेपालको दक्षिणका नाकामा  सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट विस्तार नगरेको आरोप खेप्दै आएका  महानिरीक्षक शैलेन्द्र खनाल भारतीय सीमा सुरक्षा बल (एसएसबी) को निम्तो मान्न जाने भएका हुन् ।

महानिरीक्षक खनालसँगै अर्थ र गृह मन्त्रालयका अधिकारी समेत सम्मिलित टोली २०७८ असोज १८ गते सोमबार भारत जान लागेको हो । यो टोली २०७८ असोज २१ गते घटनास्थापनाको दिने स्वदेश फर्किने कार्यक्रम रहेको श्रोत बताउछ ।  

सशस्त्रले यो भ्रमणलाई नियमित भनेको छ । तथापि, नेपाल–चीन सीमा विवादको प्रसंग उब्जिएका बेला हुन लागेको भारत भ्रमणलाई कूटनीतिज्ञहरूले अर्थपूर्ण ठानेका छन् ।

भ्रमण टोलीमा सशस्त्रका एआईजी पुष्पराम केसी सहभागी हुने टुंगो लागेको भनिएपनि गृह र परराष्ट्रबाट को को जाँदैछन् भन्ने विषय गोप्य राखिएको छ ।

(साँघु साप्ताहिक, २०७८ असाेज १८ गते)