🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

सञ्चार प्रविधिको प्रयोगले मालपोत कार्यालयको राजश्व वृद्धि

मोरङ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले मालपोत कार्यालयले सञ्चार प्रविधिको प्रयोगले राजश्व वृद्धि भएको बताउनुभएको छ ।

प्रदेश नं १ स्तरीय भूमिसुधार तथा मालपोत कार्यालयद्धारा आज यहाँ आयोजित वार्षिक समिक्षा तथा अन्तरक्रिया कार्यक्रममा उहाँले  प्रविधिको प्रयोगका कारण राजश्व वृद्धि भई मालपोत कार्यालयले गत आर्थिक वर्षमा रु ५७ अर्व ५० करोड सङ्कलन गरेको जानकारी दिनुभयो । निर्देशक पौडेलले सेवाप्रवाहलाई सुलभ र सरल बनाई  नागरिकको विश्वासआर्जनतर्फ ध्यान दिन निर्देशनसमेत दिनुभयो । 

सहभागीले पटकपटक सर्भर बन्द हुने समस्याको समाधान एवम् विगत दुई वर्षदेखि जग्गाको मुल्याङ्कन परिवर्तन भएकोले सच्याउन पर्ने सुझाव दिनुभएको थियो । गत आर्थिक वर्षमा मुलुकभरका भूमिसुधार तथा मालपोत कार्यालयले १८ लाख लिखत पास गरेका थिए ।  अन्तरक्रियामा प्रदेशका १४ जिल्लाका २५ वटा भूमिसुधार तथा मालपोत कार्यालयका कार्यालय प्रमुखको सहभागिता रहेको छ ।