🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

सीमा नाकाबाट चार लाखको रुद्राक्ष माला बरामद

कञ्चनपुर, ५ भदौ (रासस) : सशस्त्र प्रहरीले सीमा नाका त्रिनगर (डोकेबजार) क्षेत्रबाट रु चार लाख मूल्य बराबरको भारत तस्करी हुनलागेको रुद्राक्षमाला भदाै ४ गते बरामद गरेको छ ।

बोर्डर आउट पोष्ट डोकेबजारबाट सशस्त्र प्रहरी सहायक निरीक्षक बनबिचारी मल्लको कमाण्डमा खटिएको गस्ती टोलीले भन्सार छलेर भारततर्फ लैजाँदै गरेको बेवारिसे अवस्थाको एक हजार ८६० वटा माला (२०० किलो) बरामद गरेको हो ।

बरामद रुद्राक्ष त्रिनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीबल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताउनुभयो । रुद्राक्ष मालाको अवैध कारोवारमा संलग्नको खोजी जारी रहेको उहाँको भनाइ छ ।

सशस्त्र प्रहरीद्वारा बेवारीसे अवस्थाको चाँदी  बरामद 
 
कैलाली,कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ९ गौरीकटानस्थित सीमा ईलाकाबाट भाद्र ३ गते सशस्त्र प्रहरीले करीव १ लाख ५० हजार रुपैयाँ बराबरको एक सय २० तोला चाँदी बरामद गरेको छ ।
 
बेवारिसे अवस्थामा रहेको उक्त चाँदी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बग्राकटानबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।