🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

रावलको इन्ट्री पछि भट्टलाई तनाव !

 

काठमाडौं । दलबदल मुद्दामा सांसद पद गुमेपछि माओवादीका चार नेता टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरी शंकर अहिले विक्षिप्त जस्तै बनेरअदालततिर भौतारी रहेका छन् ।

डेढ वर्ष बाँकी रहेको सांसद पद पुनर्वहाली गराउन यी चार जना हरसम्भव कोसिस गरिरहेका छन् । निर्वाचन आयोगमा रहेको माओवादी केन्द्रको लिस्टमा नाम नहटेकोले सांसद पद पुनर्वहाली भइहाल्छ कि भनेर यी चार कमरेडहरू आश मानेर छटपटीमा बसेका छन । यी चारैजना मन्त्री छदा केपी ओलीले एकदमै महत्व दिएका थिए । ओलीले बालुवाटार छाडेर बालकोट सरेपछि राजनीति फेरिएको छ । फेरिएको नेकपा एमालेको राजनीतिमा माधव नेपालको साथ छाडेर भीम बहादुर रावलले केपी क्याम्पमा इन्ट्री गर्ने संकेत गरेपछि लेखराज भट्टलाई ठूलो झट्का लागेको उनी निकट स्रोत बताउछ ।

 

ओलीले लेखराजलाई सुदूरपश्चिम प्रदेशमा मुख्य कमाण्डर तोकेका थिए । उनी अघि भीमबहादुर रावल कमाण्डर थिए । पछिल्लो राजनीतिक घटनाक्रमले ओली र रावल एक ठाउँमा उभिने संकेत देखापरेपछि लेखराजले ओलीसंग दूरी बढाउदै लगेको सुदूरपश्चिमका एकजना नेताले बताए । नेकपा हुँदा प्रचण्डले सुदूरपश्चिमको मुख्य नेता भीमबहादुर रावल नै हुन भनेर सार्वजनिक अभिव्यक्ति दिए लगत्तै लेखराजले प्रचण्डलाई छाडेर ओलीको क्याम्प प्रवेश गरेका थिए । हाल ओलीसंग भीमबहादुर रावलको सम्पर्क बढ्न थालेपछि नेकपा एमालेमा आफ्नो भविष्य के हुने हो भन्ने चिन्ताले लेखराजलाई सताइरहेको सुदूरपश्चिममा चर्चा हुन थालेको छ ।

 

भीम बहादुर रावलको मुनी रहेर नेकपा एमालेमै बस्ने वा प्रचण्डसंग क्षमायाचना माग्दै माओवादी केन्द्रमा फर्किने भन्ने विषयमा लेखराजले आफ्ना समर्थक शुभचिन्तकसंग दैनिकजसो ललितपुरको धापाखेलस्थित निवासमा छलफल गरिरहेको जानकारी हुन आएको छ ।