🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

नेपाली सेनाको सांगठनिक पुनर्संरचना कार्यान्वयन

काठमाडौँ। गत असार २४ गते नेपाल सरकार मन्त्रीपरिषद्‍को निर्णयबाट 'नेपाली सेनाको सांगठनिक पुनर्संरचना २०७७/७८' स्वीकृत भएनुसार आज  २०७८ श्रावण १ गतेबाट कार्यान्वयनमा आएको छ ।

यस अघि २०७७चैत्र २० गते बसेको नेपाल सरकार मन्त्रीपरिषद्‍ले नेपाली सेनाको ३ जोड १ कमाण्ड संरचनालाई स्वीकृति दिएको थियो । नेपाली सेनामा अब कोसी, गण्डकी र कर्णाली नदी प्रणालीमा आधारित तीन र काठमाडौं उपत्यकाका लागि एक गरि जम्मा चारवटा कमान्ड  हेडक्वाटर हुनेछन् ।

यसै अवसरमा आज  २०७८ श्रावण १ गते जंगी अड्‍डामा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापाले कमाण्ड हे.क्वा.का कमाण्ड सेनापतिहरुलाई "कमाण्ड झण्डा" हस्तान्तरण गरेका  छन् ।

बलाधिकृत रथी प्रभुराम शर्मा लगायत जंगी अड्‍डा स्थित विभिन्न कार्यालयका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा सम्बोधन गर्दै महारथी थापाले कमाण्ड सेनापतिहरुलाई सफल कार्यकालको शुभकामना दिनुको साथै, सोही कार्यक्रममा महारथी थापाले विशेष स्वरुपमा तयार गरिएको "प्रधान सेनापति छडि" समेत ग्रहण गरेका थिए ।