🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

सेनाले सगरमाथाको Camp –IV मा फेला परेका दुई वटा शव काठमाडौं ल्याईयो

काठमाडाैं । “सफा हिमाल अभियान २०२१” अन्तर्गत् सगरमाथा हिमालको फोहोर संकलन गर्ने क्रममा चौथो शिविर (Camp–IV, 8000 Mtr) आसपासमा फेला परेका दुई वटा शव कानुनी प्रक्रिया पश्‍चात नेपाली सेनाले २०७८ ज्येष्ठ १० गते हेलिकप्टरमार्फत काठमाडौं ल्याएको छ ।

 सन् २०१९ मा सगरमाथाको आरोहण पश्‍चात फिर्ता हुने क्रममा मृत्यु भएका अमेरिकाको कोलोराडो निवासी ६२ वर्षिय Christopher Kulish को शव र पहिचान नखुलेको एक गरी जम्मा दुई वटा शवहरु क्रमश:  २०७८ वैशाख २९ गते र ऐ. ३१ गते सगरमाथाको चौथो शिविरमा ढुङ्गाको चेपमा फेला परेको थियो ।

“सफा हिमाल अभियान २०२१” को Dead Body Recovery Team ले उक्त शवहरु क्रमश:  २०७८ वैशाख ३० गते र २०७८ ज्येष्ठ ०९ गते दोस्रो शिविरमा ल्याउन सफल भएकोमा दोस्रो शिविरबाट हेलिकप्टरद्वारा  २०७८ ज्येष्ठ १० गतेको १२१५ बजे आधार शिविरसम्म ल्याई सफा हिमाल अभियानमा खटिएका डाक्टर अधिकृतको प्रारम्भिक मेडिकल प्रतिवेदन र लुक्लास्थित जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको प्रहरी मुचुल्का सहित शव व्यवस्थापनको लागि सेनाले त्रि.वि. शिक्षण अस्पताल, महाराजगंजमा बुझाएको छ ।

 साथै, “सफा हिमाल अभियान २०२१” अन्तर्गत् संकलित फोहोरहरु २०७८ ज्येष्ठ २२ गते विश्‍व वातावरण दिवसको अवसर पारेर एकमुस्ठ रुपमा Recycling गर्ने प्रयोजनको लागि हस्तान्तरण गर्ने योजना रहेकोमा हालको महामारीको कारण चरणबद्ध रुपमा फोहोर हस्तान्तरण गर्न मिलाइएको छ ।

यसै क्रममा  २०७८ ज्येष्ठ १० गते जङ्गी अड्डामा आयोजित कार्यक्रमकाबीच राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले सगरमाथा तथा आमादब्लम हिमालबाट संकलन गरिएको फोहोर Avni Venture प्रा.लि. लाई हस्तान्तरण गरेका थिए ।

आमादब्लम हिमालबाट संकलन गरिएको ३,४४२ के.जी. फोहोर मध्ये Bio-degradable (सड्ने/कुहिने) ६० के.जी. फोहोर  २०७८ ज्येष्ठ ०७ गते सगरमाथा प्रदुषण नियन्त्रण समितिलाई बुझाइएको थियो भने सगरमाथा तथा आमादब्लम हिमालबाट संकलित Non Bio-degradable (नकुहिने) ६,१९० के.जी. फोहोर Recycling गर्ने प्रयोजनको लागि आज हस्तान्तरण गरिएको हो ।

 उक्त कार्यक्रमको दौरान सहायक रथी खड्काले हिमाल सफाईमा खटिएको टिमलाई बधाई तथा सहयोगी संस्था The Coca-Cola Company लगायत सम्बद्ध सबैमा हार्दिक कृतज्ञता व्यक्त गरेका थिए ।

मन्तव्य राख्‍ने क्रममा बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले यस्तो चुनौतीपूर्ण समयमा पनि सफा हिमाल अभियान सफलतापूर्वक सम्पन्‍न गर्न दृढ रहेको नेपाली सेना तथा सहयोगी संस्थाहरुको प्रशंसा गर्दै नेपालको गौरव हिमालहरुको संरक्षणमा Coca-Cola Company पनि आबद्ध हुन पाउनु गौरवको विषय रहेको बताएका छन् ।

 “सफा हिमाल अभियान २०२१” अन्तर्गत् विभिन्‍न ६ वटा हिमालहरुबाट आज सम्म २६,२९७ के.जी. फोहोर संकलन गरिसकिएको छ भने १०,९१० के.जी. फोहोर Recycling तथा व्यवस्थापनको लागि सम्बन्धितहरुलाई हस्तान्तरण गरिएको नेपाली सेनाकाे जनसम्पर्क तथा सूचना निर्देशनालयले बताएकाे छ ।