काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा एकै दिन १०३ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् ।
नगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार, मंगलबार ४९ महिला र ५४ पुरुष संक्रमणमुक्त भएका छन् । योसँगै बूढानीलकण्ठ नगरपालिकामा संक्रमणमुक्त हुनेको संख्या १३०० पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा नगरपालिका क्षेत्रका ६७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा ६, १० र ११ वर्षका ३ बालबालिकासमेत छन् । अब यो नगरपालिकामा सक्रिय संक्रमितको संख्या ३३४ छ ।
संक्रमित भएकामध्ये २७० जना होमआइसोलेसनमा र ६४ जना विभिन्न अस्पतालमा उपचाररत रहेको नगरपालिकाले जनाएको छ । उपचाररतको अवस्थाबारे भने नगरपालिकाले आफ्नो नियमित बुलेटिनमा केही खुलाएको छैन ।




