🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

उदयपुरमा आजदेखि निषेधाज्ञा

दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्ररूपमा फैलिँदै जान थालेपछि जिल्लावासी जनताको हितलाई ध्यानमा राखेर उदयपुर जिल्ला प्रशासनले आजदेखि वैशाख मसान्तसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार निषेधाज्ञा जारी भएपछि प्रत्येक दिन बिहान ६ देखि १० बजेसम्म मात्र निश्चित दैनिक उपभोग्य वस्तुको पसल खुल्ने र बाँकी समय सबै पसल बन्द गर्ने निर्णय भएको छ । 

प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईँले एम्बुलेन्स, प्रहरी, सुरक्षाकर्मीको सवारी साधनबाहेक अन्य सबै सम्पूर्ण सवारी साधनसमेत सञ्चालनमा रोक लगाइएको बताए । पत्रकार तथा सञ्चारकर्मीले भने सूचना विभागको परिचयपत्र वा सम्बन्धित मिडियाहाउसको परिचयपत्र लिएर समाचार सङ्कलनमा निस्कन सक्नेछन् भने विवाह १५ जनासम्म जन्ती भेला हुन पाइनेछ ।

बिहीबार प्रजिअसहित सुरक्षा प्रमुख, राजनीतिक दल, स्थानीय पालिकाका जनप्रतिनिधिसहित बसेको डिसीसीएमसीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।