🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

पत्रकार महासंघको निर्वाचन :  प्रेस युनियनमा गुटगत भेलाकाे तरंग 

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र शाखाहरुको निर्वाचनको मिति २०७७ चैत ७ गतेका लागि प्रस्तावित गरिएको छ । पत्रकार कपिल काफ्लेको नेतृत्वमा रहेको निर्वाचन समितिले मिति घोषणा गर्न भने बाँकी छ ।

निर्वाचनको मिति घोषणा हुन बाँकी हुँदै उम्मेदवार बन्नेहरुको लर्को लाग्न थालेको छ । सबैभन्दा धेरै उम्मेदवारको लर्को नेपाल प्रेस युनियनमा देखिंदैछ र, एक अर्को समूहको समानान्तर भेला समेत हुन थालेको युनियन सम्बद्ध श्रोत बताउछ ।

प्रेस युनियनको प्रायः सबै पदाधिकारी संलग्न रही २०७७ फागुन १५ गते शनिबारको दिन नेपालगंजमा भेला सम्पन्न भयो भने समानान्तर रुपमा सुर्खेतमा अर्को भेला भएको छ । सो भेलामा पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, प्रेस युनियनका सल्लाहकार शिव लम्साल र सचिव खिला कार्कीलगायतको विशेष टोली सहभागी भयो । यो भेलाको प्रमुख अतिथि कांग्रेस नेता डा. मिनेन्द्र रिजाललाई बनाउन खोजिएको थियो, तर उनले युनियनको कुनै भिन्न भिन्न गुटको भेलामा नजाने अडान लिएरको नगएको बताइन्छ ।

यी भेलाहरुका उद्देश्य युनियनबाट नेपाल पत्रकार महासंघको अध्यक्षमा टिकट फुत्काउने नै रहेको युनियनकर्मीहरु बताउँछन् । नेपालगंज भेला रमेश विष्टलाई बलियो बनाउन भएको र सुर्खेतमा विष्टलाई अस्वीकार गर्ने पोखरेलको रणनीति अन्तर्गत भएको बताइएको छ ।

पोखरेल र विष्टले एकले अर्कोलाई निषेधको रणनीति लिएपछि युनियनलाई अध्यक्षको टिकट टुंगो लगाउन सकस परेको गुनासो पत्रकारहरुको रहेको छ । पोखरेलले आफूलाई टिकट नदिए कुनै पात्र खडा गरेर विद्रोही अध्यक्ष उठाउने सम्भावना रहेको श्रोतको दावी छ । उसो त दुई जनाको लडाइँका कारण युनियनबाट सबैले स्वीकार गर्ने उम्मेदवार खोजिने हो कि भन्ने चर्चा हुन थालेको छ ।

त्यस क्रममा पत्रकार महासंघका उपाध्यक्ष दिलीप थापा मगर र सचिव रामप्रसाद दाहालको नाम युनियनकर्मीहरुले लिने गरेका छन् । 
विष्टलाई देउवा र पोखरेललाई पौडेल गुटको उम्मेदवार युनियनकर्मीहरुले नै प्रचार गर्न थालेका छन् ।  महासंघमा कांग्रेस र वामपन्थी गुट भन्दा व्यावसायिक र पत्रकारको पक्षमा काम गर्ने पात्रको खोजी गर्नुपर्छ भन्ने मतहरु बलियो बन्दै गएको छ ।

उसो त युनियनले दुई संगठन मध्ये को सँग तालमेल गर्ने भनेर टुंगो लगाउन सकेको छैन । पुरानो प्रेस सेन्टरसँग यसअघि सहकार्य भएकाले फेरि त्यही(महेश्वर दाहाल) समूहसँग मिल्ने सम्भावना बलियो छ । तर, चुनाव नजिक आइसक्दा दुबै पक्षका नेताहरु एक ठाउँमा बसेर छलफल गर्नुको साटो देश दौडाहामा लागेको देखेर सबै अचम्ममा परेका छन् ।

को कता मिल्छ के के पदमा ? 

आफ्नो संगठनमा को संग कता मिल्छ भन्ने यकिन नहु“दा दुबै पक्षका आकांक्षीहरु समेत रणभुल्लमा परेका छन् । युनियनमा अध्यक्षको उम्मेदवार टुंगो लगाउनै सकस हुँदा पूर्व प्रेस सेन्टरले अध्यक्ष पदमा कसैको नाम अगाडि सारेको छैन । महासचिव आफ्नो भागमा परे रोशन पुरीलाई बनाउने कि भन्ने चर्चा चले पनि उनी संगठनको सदस्य नै नरहेको भनेर गलफती चल्न थालेको छ भने कतिपयले बलराम थापाको चर्चा छोडेका छैनन् ।

पूर्व प्रेस चौतारीले उजिर मगरलाई अध्यक्ष बनाउने संकेत दिएको छ । तर, संगठनभित्र योगदान गरेकालाई टिकट दिनुपर्ने मत पनि बलियो बन्दै गएको छ । 

महासंघमा भातको १० लाख !

नेपाल पत्रकार महासंघको २०७७ फागुन ५ गते राजधानीमा सम्पन्न २६ औं महाधिवेशनमा दुई छाक भात खुवाएको १० लाख रुपैयाँ बराबरको बिल आएको बताइएको छ । कुल ३०९ प्रतिनिधिलाई बिहान खाजा, खाना र साँझको खाना खुवाइएको थियो । सबै प्रतिनिधि सहभागी नभएको र साँझको खाना खानेको संख्या डेढ सय पनि नरहेको बताइएको छ ।

खानपानको व्यवस्थापनको जिम्मा कोषाध्यक्ष राजेश मिश्रले पाएका थिएँ । भातकै यति धेरै खर्च कसरी भयो भनेर पत्रकार महासंघमा चर्चा सुरु भएको छ । तर, यो विषय महासंघका महत्वपूर्ण पदाधिकारी बिच नै सीमित राखिएको कार्यालय श्रोत बताउछ ।

एकजना केन्द्रीय  सदस्य गुनासो गर्दै भन्छन्– ‘दस लाखको भात भान्सा कुरा उठेको सही हो, तर खर्च विवरण पारदर्शी पनि छैन र  हामीलाई त जानकारी नै दिइँदैन । गुप्त सूत्र प्रयोग गरेर सूचना लिनु परेको छ ।’