🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

शहीद स्मारक ‘बी’ डिभिजन लिग : श्री भगवती क्लब विजयी

काठमाडौँ, २० फागुन (रासस) । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा श्री भगवती क्लब विजयी भएको छ ।     

    ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा श्री भगवतीले झम्सिखेल युथ क्लबलाई ३–२ गोलअन्तरले पराजित गरेको हो । श्री भगवती क्लबका नवराज गुरुङ र मोहनबहादुर थापा मगरले एक एक गोल गर्नुभएको हो ।

झम्सिखेलले एउटा आत्मघाती गोल गरेको हो । झम्सिखेलका लागि मदन स्याङ्तान र अनिश चौधरीले एक÷एक गोल फर्काउनुभएको हो । 

    
    खेलको ११ औँ मिनेटमा झम्सिखेलका सुनिल शाहीले आत्मघाती गोल गर्नुभएको हो । खेलको ३२औँ मिनेटमा झम्सिखेलका स्याङ्तानले गोल गर्नुभएको हो । यस्तै खेलको ५६औँ मिनेटमा भगवतीका गुरुङले तथा ७०औँ मिनेटमा चौधरीले गोल गर्नुभएको हो । खेलको ८४औँ मिनेटमा भगवतीका थापाले दोस्रो गोल गर्दै आफ्नो टोलीलाई ३–२ ले विजयी गराउनुभयो ।  

    जीतसँगै भगवती नौ खेलबाट नौ अङ्क जोड्दै लिगको आठौँ स्थानमा उक्लेको छ । यस्तै झम्सिखेल नौ खेलमा ६ अङ्क जोडेर एघारौँ स्थानमा छ । लिगमा १२ वटा क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।    
–––