काठमाडौं । नेपाल सरकारले बेइजिङ इनस्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट कर्पोरेसनले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप प्रयोगका लागि आपतकालीन अनुमति दिएको ।
कर्पोरेसनले उत्पादन गरेको भोरोसेल नामक खोप आपतकालीन प्रयोगका निम्ति अनुमति दिइएको औषधि व्यवस्था विभागले जनाएको छ ।
चीनले हालै नेपाल सरकारलाई ५ हजार डोज कोरोना खोप अनुदान दिने घोषणा गरेको छ । सरकारले उक्त खोपलाई आपतकालीन प्रयोग अनुमति दिएसँगै अब प्रयोग गर्न सकिने भएको छ ।
यसअघि भारतले सरकारले पनि नेपाल सरकारलाई १० हजार डोज खोप उपलब्ध गराएको थियो । अहिले त्यही खोप प्रयोग भइरहेको छ ।



