🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

महिला सैनिकलाई राहत, प्रसूति बिदा थपियो

काठमाडौं । महिला सैनिकले यसअघि प्रसूति र प्रसूति स्याहार शीर्षकमा पाउँदै आएको बिदा अवधि थप भएको छ । 

सैनिक सेवा नियमावली, २०६९ संशोधन गर्दै नेपाली सेनाले यो शीर्षकको बिदा अवधि बढाएको हो । 

यसअघि नेपाली सेनाले महिला सैनिकलाई ६० दिन बिदा दिँदै आएको थियो । जुन प्रसूति हुनु अघि वा पछि गरेर बस्न सकिन्थ्यो । अहिले त्यसलाई ३८ दिन थप गरेर ९८ दिन पुर्याइएको छ । 
 

योसँगै सुत्केरी भएको ६० दिनमै जागिरमा फर्कनुपर्ने बाध्यतामा रहेका महिला सैनिकलाई यो संशोधनले राहत मिलेको छ । 

यसअघि नै नियम ५८ को २ मा प्रसूति बिदा लिएका महिला सैनिकले चाहेमा कुनै पनि बिदाबाट कट्टा नहुने गरी थप ६ महिना बेतलबी प्रसूति बिदा लिने व्यवस्था गरिएको थियो । यो व्यवस्थामा भने यसपटक कुनै पनि संशोधन गरिएको छ । 

कुनै पनि पुरुष सैनिकको पत्नी सु्त्केरी हुने भएमा त्यस्तो सैनिक व्यक्तिले सुत्केरीको अघिपछि गरी १५ दिन पाउँदै आएको प्रसूति स्याहार बिदालाई पनि निरन्तरता दिइएको छ ।