🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

प्रहरीले शासक होईन सेवक हाे- प्रहरी अतिरिक्त महानिरीक्षक प्रधुम्न कुमार कार्की

विराटनगर, माघ १२ गते । प्रहरीले शासकको रुपमा होईन सेवकको रुपमा काम गर्नु  पर्ने प्रहरी अतिरिक्त महानिरीक्षक प्रधुम्न कुमार कार्कीले बताउनु भएको छ । UNOPS को सहयोगमा नव निर्मित ईलाका प्रहरी कार्यालय रानी विराटनगरको कार्यालय भवन, आवास र भान्सा घरको उद्घाटन गर्नु हुँदै कार्यक्रमका प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले उक्त कुरा बताउनु भएको हो । 

ईलाका प्रहरी कार्यालय रानीको हाता भित्र आज विहान भएको भवन उद्घाटन कार्यक्रममा बोल्दै वहाले भवन आफैमा सबै चिज नभएको प्रस्ट पार्दै, नयाँ भवन संग संगै कार्यरत प्रहरी कर्मचारीहरुमा नयाँ सोच र धारणा आउनु पर्ने तथा रुपान्तरण हुनु पर्ने धारणा ब्यक्त गर्नु भयो । कार्यक्रममा प्रमुख अतिथि  प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले भवन निर्माणमा उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने ब्यक्तित्वहरुलाई प्रशंसा पत्रले सम्मन समेत गर्नु भएको थियो । 

कार्यक्रममा बोल्दै मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारीले कोषहरि निरौलाले उचित बासस्थानको भरपर्दो ब्यवस्था बिना नै काम कारवाही गरिरहेको ईलाका प्रहरी कार्यालय रानीले सुरक्षित बासस्थान प्राप्त भए संग संगै अब थप हौशलाका साथ काम कारवाही गर्ने र सिमावर्ती क्षेत्रमा हुने विविध अपराधिक घटना नियन्त्रणमा थप बल पुग्ने धारणा ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्नुहुँदै १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले भौतिक पूर्वाधारको अभाव र अपर्याप्ताले प्रहरी सेवाका कार्यहरुमा प्रतक्ष्य असर पर्ने बताउँदै सुविधा सम्पन्न भवन प्राप्त भए संग संगै नागरिक सेवामा अब विगतका दिनहरु भन्दा प्रभावकारी ढंगले  अगाढी बढ्न नव निर्मित भवनको योगदान रहने बिश्वास ब्यक्त गर्नु भयो ।  

२४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरुलाई यस्ता भौतिक सुविधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकूल वातावरण सिर्जना गर्ने बताउँदै सुविधा सम्पन्न भवन प्राप्त भएसंगै थप जोश र उर्जाका साथ प्रहरी काम कारवाही गर्न कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो ।

UNOPS को सहयोगमा साँढे २ तले कार्यालय भवन तथा आवास गृह र भान्सा घर ५ करोड ८६ लाखको लागतमा निर्माण सम्पन्न भएको भएको हो ।

 उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु,  UNOPS का senior advisor एवं पूर्व प्रहरी नायव महानिरीक्षक कुमार कोईराला, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिहरु, विभिन्न महिला संजाल, संघ/संस्थाका प्रमुख तथा प्रतिनिधिहरुका साथै स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।