🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

भगवानको नाम भजाएर पाप कर्म गर्ने उद्योग 

 काठमाडौं । ‘गणपति बनस्पति प्रालि’, 'महालक्ष्मी डेरी', 'रिद्धि सिद्धि मिष्ठान्न', 'शिवशक्ति सस' । यी नाम सुन्दा निकै राम्रो लाग्छ । भगवानकाे नामबाट उद्योग स्थापना गरिएकाले सञ्चालकले पाप–धर्मको ख्याल गरेर उत्पादन बजारमा लैजालान् भन्ने धेरैलाई लाग्न सक्छ ।

नाम भगवानकाे भए पनि यस्ता उद्योगले गर्ने काम भने गन्दा छ । पाप–धर्मको ख्याल नगरी यी उद्योगहरूले गुणस्तरहीन उत्पादन  बिक्री वितरण गरेको  पाइएको छ ।

खाद्यको गुणस्तर तथा अनुगमन गर्ने नियामककारी निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार पछिल्लो ४ महिनामा भगवानका नाममा खुलेका ६ उद्योगका उत्पादन गुणस्तरहीन भेटिएको छ । भगवानका नाममा खुलेका उद्योगले आवश्यक मापदण्ड पूरा नगरेपछि उनीहरूविरुद्ध कारबाही माग गर्दै मुद्दा दायर गरेको विभागले जनाएको छ ।

भगवानकाे नाममा खुलेर गुणस्तरहीन सामग्री उत्पादन गर्नेमा बाराको सिमरास्थित गणपति बनस्पति अग्रपंक्तिमा छ । यसले उत्पादन गर्ने भट्मास र सूर्यमुखीको तेल गुणस्तरहीन भेटिएको छ । विभागका अनुसार, उदयपुरमा रहेको गणपति सिन्के चाउचाउ उद्योगले उत्पादन गरेको चाउचाउ गुणस्तरहीन पाइएपछि ०७७ साउन ३० गते जिल्ला प्रहरी कार्यालय, उदयपुरमा मुद्दा दायर गरिएको थियो ।

भगवानकै  नाममा खुलेको महालक्ष्मी डेरी उद्योगको उत्पादनमा पनि कैफियत भेटिएको छ । अनुगमनका क्रममा गुणस्तरहीन नौनी घिउ उत्पादन गरेको भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले गत भदौ ७ गते जिल्ला अदालत कास्कीमा महालक्ष्मीविरुद्ध मुद्धा दायर गरेको छ ।

त्यसैगरी रिद्धि सिद्धि मिष्ठान्न भण्डार, नवलपरासीको मिठाइमा त दूषित पदार्थ नै भेटिएको विभागको भनाइ छ । दूषित मिठाइ उपभोक्तालाई पैसा लिएर बिक्री गरेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवाले गत भदौ १५ गते यसविरुद्ध जिल्ला अदालत नवलपरासीमा मुद्दा दायर गरेको थियो ।

 शिवशक्ति सस उद्योग, बर्दघाट, नवलपरासीले उत्पादन गरेको सस न्यून गुणस्तरको भेटिएपछि ०७७ असोज १२ र  माता दुर्गा एण्ड चाट पसल, पाँचखाल काभ्रेले उत्पादन गरेको लड्डु दूषित भेटिएपछि खाद्य प्र्रविधि तथा गुण नियन्त्रण कार्यालयले गत नवलपरासी र काभ्रे जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।

 केही समययता बजारमा अखाद्य बस्तुको उत्पादन बढेको छ । ०७७ साउनयता मात्रै २६ उद्योगविरुद्ध विभागले मुद्दा दायर गरेको छ । ३४ उद्योग रोक्का तथा सिलबन्दी गरिएको छ ।