मोरङ, २०७७ कात्तिक ४ गते। विराटनगर महानगरपालिका-१७ तानक चोकबाट श्रोत नखुलेको ४ लाख १० हजार रुपैयाँ सहित सोही महानगरपालिका-१५ बस्ने ४१ वर्षीय अमिर चन्द्र साहलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहीले उक्त श्रोत नखुलेको रकम सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।




