🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

मृत अवस्थामा फेला परेका युवकको हत्या भएको पुष्टि

झापा, असोज-३० गते । झापा कनकाई नगरपालिका-३ स्थित सुरुङा खोलाको डिलमारहेको बाँसघारीमा मृत अवस्थामा फेला परेका २२ बर्षीय अभिषेक चौधरीको हत्या भएको पुष्टि भएको छ । कनकाई ३ स्थितमै बसो बास गर्ने चौधरीअसाेज २८ गते  विहान ०६ बजे बाँसघारीमा मृत अवस्थामा फेला परेका थिए ।

घटनाको जानकारी पाउनसाथ घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मृतक चौधरीको शव संकास्पद देखिएपछी गहन अनुसन्धान शुरु गरेको थियो। घटनाको अनुसन्धान गर्न संघीय प्रहरी ईकाइ कार्यालय धरानबाट डग सहितको टोली खटेको थियो ।

अनुसन्धानमा खटिएको प्रहरी टोलीले चौधरीको हत्या भएको पुष्टि गरेसंगै उनको हत्यामा संलग्न कनकाई ७ का २२ बर्षीय टल्के भन्ने रविन राजबंशीलाइ ८ घण्टा भित्रै पक्राउ गरी असाेज २९ गते  ईलाका प्रहरी कार्यालय अनारमनिबाट सार्वजनिक गरिएको हो ।

मृतक चौधरी र राजबंशी दुबै जना लुकिछिपी लागुऔषध सेवन गर्ने साथै लागुऔषध सेवनकै विषयमा उनीहरु विच बादविबाद भएपछि असाेज २७ गते   मंलबार राती चौधरी खोलाको डिलमा निस्किएको मौका छोपेर राजबंशीले पछाडीबाट बन्चरोले शरिरका विभिन्न भागमा प्रहार गरेर हत्या गरी शवलाई बाँसघारीमा राखेर उनि फरार रहेको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरी ले जनाएकाे छ ।

फरार पश्चात पक्राउ परेका राजबंशीले आफूले चौधरीको हत्या गरेको साबिती बयान समेत दिएका छन । साथै प्रहरीले घटनामा प्रयोग गरेको बन्चरो र राजबंशीको कपडा समेत बरामद गरेको छ । राजबंशी उपर ईलाका प्रहरी कार्यलय अनारमनिबाट कानुनी कारबाही अगाडि बढाईएको  ईलाका प्रहरी कार्यालय अनारमनिले जनाएकाे छ ।