🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

चीनका कारण व्यापारी मर्कामा, दैनिक ५ कन्टेनर मात्रै भित्रिए अड्किएका सबै ल्याउन साढे ६ महिना लाग्ने

काठमाडौं । नेपाल–चीनतर्फको रसुवागढी नाका पूर्ण रूपमा सञ्चालन गर्न चीनले आनाकानी गरेको छ । नेपाली कामदारलाई कोरोना संक्रमण देखिएपछि त्यसलाई देखाउँदै गत भदौ १७ देखि बन्द रहेको नाका पूर्ण रूपमा सञ्चालन गर्न चीनले आनाकानी गरेको हो । 

बुधबार (०७७ असोज ७ गते)  एक कन्टेनर स्वास्थ्य सामग्री छाडे पनि पूर्ण सञ्चालन गर्न  अर्घेल्याइँ गरिरहेकाे छ । 
 

कोरोनाको कारण देखाउँदै चीनले नेपालतर्फका मुख्य नाका बन्द गरिदिएपछि दसैंको मुखमा झण्डै १ हजार मालबाहक गाडी रोकिएको व्यापारीको भनाइ छ । अड्किएका ट्रकमा तयारी पोशाक (गार्मेन्ट), बीउ बीजन, फलफूल, खाद्यान्न, औद्योगिक कच्चा पदार्थ, कस्मेटिक सामान, दूरसञ्चार, हाइड्रोलगायतका निर्माण सामग्री छन् । फलफूल र खाद्यान्न सड्ने अवस्थामा पुगेका छन् भने निर्माण सामग्री रोकिँदा विकास निर्माण प्रभावित भएको छ । 

भारततर्फबाट निर्वाध रूपमा आयात भइरहे पनि चीनले भने कोरोनालाई बहाना बनाउँदै बिहीबारदेखि दैनिक ५ वटा मात्र ट्रक मात्र छाड्ने निर्णय गरेको छ । दैनिक ५ वटा ट्रक मात्रै छाडेमा त्यहाँ अहिले अड्किएका १ हजार ट्रक नेपाल भित्रिन साढे ६ महिना अर्थात् २ सय दिन लाग्नेछ । 

चीनको नियतमाथि व्यापारीको प्रश्न 

गत जनवरीमा चीनको वुहानलमा कोरोना संक्रमण फैलिएपछि अमेरिका, बेलायत, अस्ट्रेलियालगायतका देशले हवाई उडानसँगै व्यापारिक सम्बन्ध विच्छेद गरेका थिए । चीनबाट संक्रमण फैलिन सक्ने त्रासपछि ती देशले यस्तो निर्णय लिएका थिए । संकटका बेला मित्र राष्ट्रहरूले असहयोग गरेको भन्दै चीनले उतिबेला चित्त दुखाएको थियो । 

चीनसँग सीमा जोडिएको नेपाल यतिबेला कोरोनाको चपेटामा छ । विगतमा नेपालले जस्तै संकट भोगेको थियो चीनले । अहिले उसैले नेपालतर्फको दुवै नाका बन्द गरेको छ । यसले चीनको नियतमाथि नै प्रश्न उठेको व्यापारी बताउँछन् । ‘एकातिर कोरोना भन्ने अर्कातिर ५ कन्टेनर छाड्नचाहिँ राजी हुने चीनको निर्णयले उसको नियतमाथि नै प्रश्न उठेको छ,’ एक व्यापारीले भने । 

भन्सारका हाकिम अनलाइन कक्षामा मग्न 

सीमा नाकामा आफ्ना देशका व्यापारीको सामान रोकिएपछि सहजीकरण गरेर त्यसलाई भित्राउने दायित्व भन्सार विभागको हो । तर भन्सार विभागले योबीचमा कुनै ठोस प्रयास गरेको छैन । 
 

भन्सार विभागको महानिर्देशकका हैसियतमा छन्, सुमन दाहाल ।  नेपाली व्यापारीका सामान चिनियाँ नाकामा रोकिए पनि उनी कानमा तेल हालेर बसेका छन् । स्रोतका अनुसार महानिर्देशक दाहाल जापानको अनलाइन कक्षामा व्यस्त हुने गरेका छन् । 

एक हप्ताभित्र नाका सहज : मन्त्री ज्ञवाली 
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रसुवागढीस्थित केरुङ नाका एक हप्ताभित्र सहज गर्ने गरी दुई देशबीच सहमति भएको बताउँछन् ।  निरन्तर कूटनीतिक संवादमार्फत नाका समस्याको समाधान गरिएको उनको दाबी छ । 

उनका अनुसार बुधबार पहिलो पटक बिसिजीलगायत अत्यावश्यक खोपसहित अन्य औषधिजन्य सामग्री नेपाली भूमिमा प्रवेश गरिसकेका छन् । “केही दिनदेखि ढुवानीमा समस्या भए । त्यसले नेपालीको ठूलो लगानी फसिरहेको छ, चाडपर्वका बखत अत्यावश्यक वस्तु आउन नपाउँदा बजारमा अभाव खड्किरहेको छ”,  मन्त्री ज्ञवालीले भने ।