🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

रसियन ह्याकरले अमेरिकी निर्वाचनलाई फेरि निशाना बनाइरहेका छन् : माइक्रोसफ्ट 

काठमाडौं । रसिया, चीन र इरानसँग सम्बन्ध रहेका ह्याकरले अमेरिकी राष्ट्रपतीय निर्वाचनलाई फेरि निशाना बनाउन थालेको दाबी माइक्रोसफ्टले गरेको छ । त्यसका लागि उक्त ह्याकरको समूहले सन् २०२० मा अमेरिकामा हुने राट्रपतीय निर्वाचनसँग सरोकार रहेका जनता र समूहको गुप्तचरी गर्न प्रयास गरिरहेको माइक्रोसफ्टको भनाइ छ । 

‘रसियन ह्याकरहरू जो सन् २०२० को अमेरिकी निर्वाचन अभियान उल्लंघन गर्न संलग्न थिए, उनीहरुरू पुनः त्यस्तै कार्यमा संलग्न भएका छन्,’ माइक्रोसफ्टले भनेको छ । 

अन्तर्राष्ट्रिय गतिविधि गर्ने समूहले त्यसका लागि कदम अघि बढाएको दाबी पनि माइक्रोसफ्टको छ । 

राष्ट्रपतिका उम्मेदवार ट्रम्प र जो बाइडन दुवैको चुनावी अभियान साइबर हमलाको निशानामा रहेको बीबीसीले उल्लेख गरेको छ । 

साइबर हमलाकारीले २ सय संघ–संस्था, जसमध्ये धेरै अमेरिकी राजनीतिक दलसँग आबद्ध छन्, तिनलाई निशाना बनाएको माइक्रोसफ्टको विज्ञप्तिमा उल्लेख छ । 

यही साइबर हमलाकारीले बेलायती दललाई पनि निशाना बनाएको माइक्रोसफ्टले जनाएको छ ।

यसमा  स्ट्रोन्टियम समूह संलग्न रहेकाे माइक्राेसफ्टकाे दाबी छ । स्ट्रोन्टियम समूह ‘फेन्सी बियर’को नामले पनि चिनिन्छ । यो साइबर हमला गर्ने एक युनिट हो । याे रुसी सेनाको गुप्तचर एजेन्सीसँग सम्बन्धित रहेको बताइन्छ ।
 

अमेरिकाको राष्ट्रपतीय निर्वाचन सन् २०२० मा हुँदैछ । निर्वाचनमा रिपब्लिकनका तर्फबाट हालका राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक दलबाट जो बाइडन मैदानमा छन् । 

कोरोना कहरकैबीच पनि निर्वाचन हुने बताइए पनि अभियान भने प्रभावित भइरहेको छ ।