🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

सत्तारुढ दलभित्र विवाद : आगोमा घ्यूमा थप्दै नेपाली कांग्रेस 

काठमाडौं । सभापति शेरवहादुर देउवाले नेतृत्व गरेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संस्थापन पक्ष तथा रामचन्द्र पौडेलले नेतृत्व गरेको संस्थापन इतर पक्ष अहिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विवादमा आगो झोस्ने र नेकपाका शीर्ष नेताहरुलाई पार्टी विभाजित गर्न उक्साउने काममा लागि परिराखेको जानकारी हुन आएके छ ।

नेपाली कांग्रेसको दुबै पक्षले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी विभाजित भएको अवस्थामा दुवै पक्षलाई ‘सरकार बनाउन सहयोग गर्ने’ भन्दै त्यसरी बनेको सरकारलाई बाहिर बसेर सहयोग गर्नेसम्मको आश्वासन दिने काम कांग्रेसको दुबै पक्षका शीर्ष नेताहरुले गरिराखेको नेकपा स्राेत बताउछ ।

यही कारणले गर्दा नै पक्षविपक्षमा विभाजित भएका सत्तारुढ नेकपाका शीर्ष नेताहरु पार्टी विभाजित भएपछि पनि आफूहरुले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको सहयोगमा सरकार बनाउने योजनाको तानाबाना बुनिराखेका छन् । 

अहिले संसदमा ६० स्थान रहेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस नेकपा दुई भागमा विभाजित हुँदा दोस्रो ठूलो दलबाट तेस्रो ठूलो दलको हैसियतमा घटुवा भएपनि राजनीतिक हैसियत भने निर्णायक तहमा चुलिने छ ।

यही हैसियत कायम गर्नका लागि अहिले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरु सत्तारुढ नेकपालाई विभाजित गर्न नेकपाभित्रको विवाद आगो झोस्ने काम गरिराखेको नेकपाका एक नेताले बताए । 

  २७५ संसदीय सिट रहेको संघीय संसदमा अहिले २७० जना सांसद रहेका छन् । नेपाली कांग्रेसका विजय गच्छदार, आफ्ताब आलम तथा जनता समाजवादी पार्टीका रेशम चौधरी र हरिनारायण रजौरिया निलम्बनको अवस्थामा छन् भने कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको केही दिन अगाडि मात्र निधन भएको छ ।

यसैगरी नेकपाका सांसद अग्नि सापकोटा अहिले सभामुखको जिम्मेवारीमा छन् । यसरी २६९ संसदको स्थितिमा बहुमत देखाएर सरकार गठन गर्नका लागि १३५ सांसदको समर्थन आवश्यक पर्दछ । 

 नेपाली कांग्रेसको ६० जना सांसदलाई जोड्ने हो भने नेकपा विभाजित भएर गठन हुने दुबै पार्टीलाई सरकार गठन गर्नका लागि ७५ स्थानको आवश्यकता पर्दछ ।

अहिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीलाई विभाजित गर्न कस्सिएका दुबै पक्षलाई भोलि नेपाली कांग्रेसको समर्थनबाट सरकार गठन गर्नका लागि ७५ जना सांसदको समर्थन प्राप्त हुनेगरी पार्टी विभाजित गर्नुपर्ने हुन्छ ।

नेपाली कांग्रेसस“गै ३२ स्थान रहेको जनता समाजवादीको समर्थनसमेत लिएर पनि नेकपा विभाजित गर्ने दुबै पक्षले सरकार गठनको कसरत गर्न सक्ने देखिन्छ ।

यो अवस्थामा अहिले सत्तामा रहेको फाइदा प्रधानमन्त्री केपी ओलीलाई पुग्न सक्दछ । प्रधानमन्त्री ओलीले सबैभन्दा पहिले प्रतिपक्षमा रहेका नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनबाट संसदमा बहुमत देखाउन सक्दछन् । 

सम्पन्न आम निर्वाचनमा स्पष्ट बहुमत प्राप्त गरी सरकार गठन गरेको नेपाल कम्युनिष्ट पार्टी विभाजित हु“दा सबैभन्दा ठूलो राजनीतिक फाइदा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई पुग्नसक्ने देखिएको छ ।

नेपाली कांग्रेसको समर्थनबिना नेकपा विभाजित भएको अवस्थामा सरकार गठन हुन नसक्ने अवस्था आउने देखिएको छ भने नेपाली कांग्रेसले त्यो अवस्थाको फाइदा लिएर सरकारमा जाने मात्र होइन, सरकारको नेतृत्व नै गर्न सक्ने अवस्था पनि आउन बेर छैन । 

 यसरी सम्पन्न आम निर्वाचनमा जनताले अस्वीकार गरेको नेपाली कांग्रेसलाई कम्युनिष्टहरुले आपसमा झगडा गरेर सत्तामा पुग्ने बाटो खोलिदिन थालेका छन् ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई आफूभन्दा दोब्बरभन्दा ठूलो नेकपा विभाजित हु“दा तत्काल मात्र होइन, आगामी निर्वाचनमा समेत फाइदा पुग्ने स्थिति छ ।

यही कारणले गर्दा नै सत्तारुढ नेकपामा जति विवाद चर्किन्छ र पार्टी विभाजनको सम्भावना बढ्दै जान्छ, त्यही अनुपातमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसमा उल्लासको वातावरण बन्ने गर्दछ ।