🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

विष्फोटक पदार्थ मुद्दामा चन्द समूहका पूर्व सेक्रेटरी पक्राउ

भोजपुर, २२ असार (रासस) : नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका पूर्व जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले  टेम्केमैयुङ गाउँपालिका–८ गोगनेको खनियाखर्कबाट मादेन भनिने मोहन राईलाई पक्राउ गरेको हो ।

सङ्गठित तथा विष्फोटक पदार्थसम्बन्धी कसुर मुद्दामा संलग्न भई फरार रहेका राईलाई २०७७ असार २१ गते आइतबार पक्राउ गरेको प्रहरीले आज सार्वजनिक गरेको हो ।  राईलाई विषेश सूचनाका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।  

त्यस्तै प्रहरीले हतुवागढी गाउँपालिका–९ हम्बफाबाट १३ किलो ४०० ग्राम गाँजा बरामद गरेको छ । गोप्य सूचनाको आधारमा स्थानीय जसबहादुर राईको घर खानखतलासी गर्दा गाँजा फेला परेको प्रहरीको भनाइ छ ।

घरधनी राई फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रदीप लामाले जानकारी दिनुभयो ।