🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

जुम्लामा थुनुवा र प्रहरीको र्‍यापिड टेष्ट रिपोर्ट नेगेटिभ

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका थुनुवा सहित प्रहरीको  र्‍यापिड डायग्नोष्टिक जाँच गरिएको छ । जिल्ला जनस्वास्थ्य सेवा कार्यालयको चिकित्सक टोलीले सो जाँच गरेको हो ।

     तीन थुनुवा र चार प्रहरीको सो जाँच गर्दा सबैजनाको रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “त्यसैगरी क्वारेन्टाइनमा बसेका हिमा गाउँपालिकाका दुईजना र तिला गाउँपालिका दुईजना स्वास्थ्यकर्मीको पनि ¥यापिड टेष्ट गरिएको थियो । उनीहरुको पनि रिपोर्ट नेगेटिभ आयो । ” 

    प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बाहिर ड्युटीमा खटिने प्रहरीको अवस्था के छ भनेर सो जाँच  गरिएको जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “सबैजनाको रिपोर्ट नेगेटिभ देखाएका छ । अहिले सबै प्रहरी सुरक्षित नै छौँ । ”

    यसअघि रारालिही प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पनि  र्‍यापिड डायग्नोष्टिक टेष्ट गरिएको थियो । उनको पनि रिपोर्ट नेगेटिभ नै आएको जनस्वास्थ्य प्रमुख सापकोटाले बताउनुभयो ।