काठमाडौ, पुस ३ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्बाचनमा बामगठबन्धनले दुइतिहाइको नजिक नतिजा ल्याएपछि बिभिन्न क्षेत्रका नागरिकहरु प्रमुख नेताहरुको घरमा एक हप्ता देखि बधाइका लागि भीड लाग्ने गरेको छ ।
सरकारी निकाय देखि ब्यबसायी सम्मका नागरिकहरु फूलका गुच्छा खादा लिएर बधाइ दिन जाने गरेका छन । बधाइ दिन जानेहरुमा बढी कार्यकर्ता नै रहेका छन । बामगठबन्धनले बहुमतको सरकार बनाउने भएपछि बिभिन्न सरकारी नियुक्ति पाएकाहरु र सचिबहरु , सुरक्षा निकाय सम्मका अधिकारीहरु पनि नेताको घरमा बधाइ भन्दै फुलको गुच्छा लिएर जाने गरेका छन ।
सबै भन्दा बडी भीड नेकपा एमालेका अध्यक्ष केपी ओलीको घर बालकोटमा हुने गरेको छ । बालकोट पछि एमालेका बरिष्ठ नेता माधब नेपाल र महासचिब इश्वर पोख्र्रेलको घरमा भीड लाग्ने गरेको छ । माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका बरिष्ठ नेता झलनाथ खनालको घरमा पनि भीड लाग्ने गरेको छ ।
अध्यक्ष केपी ओलीसहितका नेताहरुकहा बिहानै देखि कार्यकर्ता शुभेच्छुकहरुको भीड लाग्ने गरेको कारण नेताहरुको अन्य महत्वपूर्ण काम प्रभावित हुन थालेको छ । ओलीका प्रेस सयोजक चेतन अधिकारी अनुसार मंसिर २८ गतेदेखि लगातार बिहान देखि बधाई दिन आउने र खुशीयाली साटासाट गर्न आउनेहरुको भीड लाग्ने गरेको छ । उनका अनुसार दैनिक १४ देखि १५ सय जनासम्मको उपस्थिति हुने गरेको छ । पार्टी एकता, सरकार निर्माण जस्ता महत्वपूर्ण काम समेत प्रभावित भएपछि बधाई एवं खुशियाली साटासाटपछि गरौला त्यसैले घरमा भीड नलाग्न ओलीको सचिवालयले विनम्रतापूर्वक अनरोध गरेको छ ।
नेताका घरमा जानेहरु तीन खालका रहेका छन । समानुपातिकको सूचिमा भएकाहरु प्राय नेताको घरमा पुग्ने गरेका छन् । बिजय हुनेहरु मन्त्री पदका लागि घरमा धाउने गरेको बुझिएको छ । तर बिना स्वार्थ खुशी साट्न जानेहरुको सख्या पनि निकै धेरै रहेको बुझिएको छ ।
कतिपय कार्यकर्ता बधाई दिने नाममा दोहो¥याइ तेह¥याई नेताको घरमा भीड गर्ने गरेको सचिवालयका कर्मचारीले बताएका छन । ओली, नेपाल, पोख्रेल खनाल, प्रचण्डलगायतका नेताका घरमा फूलका गुच्छा र खादाहरुको ठूलो चाङ लागेको छ । महासचिब पोख्रेलको घरमा पूmलका गमलाहरु भ¥याङदेखि कम्पाउडको पर्खालमा निकै सजाएर राखिएको छ ।
नेताहरुले कतिपय बधाई दिन जानेलाई पनि तपाइलाई पनि बधाइ भन्दै खादा लगाएर पठाउने गरेका छन् । फ्लोरीकल्चर एशोसिएशनले जनाए अनुसार निर्वाचन सम्पन्न भएपछि उपत्यकामा मात्रै १० लाखभन्दा बढीको फूल गुच्छा बिक्री भएको छ ।



