🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

नेपाली सेनाको रक्षा अभिमुखीकरण कार्यक्रमको समापन

काठमाडौं ।  २०७६  माघ ६ गतेदेखि जंगी अड्डामा  रक्षा मन्त्रालयमा कार्यरत नायब सुब्बादेखि उपसचिवसम्मका  कर्मचारीहरु सहभागी गराई संचालन भएको Defence Correspondent Orientation Programme (DCOP) को  २०७६  माघ १० गते  जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक सहायक रथी बिज्ञान देव पाण्डेले जंगी अड्डामा आयोजित एक कार्यक्रम बीच समापन गरेका छन् । 


 समापन कार्यक्रममा आफ्नो मन्तव्य राख्‍दै सहायक रथी पाण्डेले विशिष्ट सैनिक पेशागत क्षमता, रहनसहन र सैनिक आचरणभित्र रहेर राज्यले सुम्पिएको कार्य सम्पादन गर्ने कार्यमा पुर्‍याएको सहयोग, सद्‍भाव तथा समन्वयको लागी नेपाली सेनाकोतर्फबाट  रक्षा मन्त्रालयप्रति हार्दिक आभार प्रकट गरिएको थियो ।

सम्बोधनकै क्रममा सहायक रथी पाण्डेले यस कार्यक्रम पश्चात  रक्षा मन्त्रालयका नवनियुक्त कर्मचारीहरु सैनिक संगठनको बनावट, सैनिक गतिविधि र जिम्मेवारी बारे जानकार  भएको विश्वास व्यक्त गर्दै सहभागी सम्पूर्ण मन्त्रालयका कर्मचारीहरुलाई धन्यवाद ज्ञापन समेत गरेका थिए  । सो कार्यक्रममा रक्षा मन्त्रालयका सह सचिव सन्त बहादुर सुनार तथा नेपाली सेनाका अधिकृतहरुको उपस्थिति  रहेको नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

 राष्ट्रिय हित र सुरक्षा सम्बन्धी संवेदनशील विषयहरुलाई गहन रुपमा मनन् गरी रक्षा मन्त्रालय र नेपाली सेनाबीचको समझदारीलाई अभिवृद्धि गर्दै आपसी सम्बन्धलाई सकारात्मक तथा प्रभावकारी रुपमा अगाडि बढाउने कार्यमा  नेपाली  सेना  जनसम्पर्क तथा सूचना निर्देशनालयद्धारा संचालित यस कार्यक्रम सहयोगी शिद्ध भएको विश्वास नेपाली सेनाले लिएको छ ।