🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

आँधीका कारण अमेरिकामा एघारको मृत्यु, बाह्र सय उडान रद्द

होस्टन,२७ पुस : अमेरिकाको दक्षिणी क्षेत्रमा आएको शाक्तिशाली आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

 
आँधीसँगै कडा हावाहुरी र बाढी पनि आएकाले मानवीय क्षति भएको अधिकारीहरुले जानकारी दिएका छन् । घटनामा परी मृत्यु भएका मध्ये एक जना प्रहरी र एक जना उद्धारकर्तासमेत रहेका जनाइएको छ । टेक्सासको लुब्बुकमा शनिबार बिहान उनीहरुको मृत्यु भएको हो ।

   
त्यसैगरी ओक्लाहोमामा पनि बाढी र बर्षासँगै आँधी आएको थियो । त्यस क्षेत्रमा खटिएको गस्ती टोलीले शनिबार दिएको जानकारीअनुसार आँधीका कारण सवारी साधनहरु बाटोमै रोकिएका थिए ।

बृद्धबृद्धाहरुको एउटा जोडी शनिबार लुइसियानानजिकै शनिबार मृत अवस्थामा भेटिएका छन् भने अर्का एक जनाको इओवामा मृत्यु भएको छ ।

 
आँधीपछि टेक्सासदेखि ओहियोसम्मका हजारौ घरहरुमा विद्युत सेवा अवरुद्ध भएकाले लाखौ मानिसहरु विद्युत सेवा बिहिन अवस्थामा रहेका छन् ।

  
त्यसैगरी कतिपय राजमार्गहरु बन्द भएका छन् । विषेशगरेर ओक्लाहोमा र अर्कान्सासमा बाढी आएकाले बाटो बन्द भएका हुन् । 

त्यसैगरी सिकागोका दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने १२ सयभन्दा बढी उडान सेवा स्थगित भएको अधिकारीहरुले जनाएका छन् । 

विमानस्थलका अधिकारीहरुका अनुसार ओहारे अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै ९५० भन्दा बढी उडान स्थगित भएका हुन् ।

शनिबार बिहानैदेखि आइतबार दिउसोसम्मका सेवाहरु बन्द गरिएको उनीहरुले जानकारी दिएका छन् । शनिबार रातभरी र बिहानसम्म पनि बर्षा भएको उनीहरुले बताएका छन् । (रासस÷सिन्ह्वा)