🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

२१ करोड राजश्व छलेको आरोपमा मुद्दा

काठमाडौँ, २४ पुस : झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग गरी राजश्व छली गर्ने एक व्यवसायी विरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा चलाएको छ । 

काठमाडौँ महानगरपालिका–७ बस्ने युनिभर्सल ट्रेड एण्ड सप्लायर्स, युनिभर्सल प्रिन्टिङ प्रेस र युनिभर्सल निर्माण सेवाका सञ्चालक प्रकाशराज गिरीले रु २१ करोड १८ लाख विगो बराबरको राजश्व चुहावट गरेको आरोपमा आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ । उक्त मुद्दामा विभागले विगो असूल गरी बिगोको दोब्बर जरिवाना र तीन वर्ष कैद सजायको मागदाबी गरेको छ । 

वस्तु तथा सेवा खरीद नै नगरी झुठ्ठा तथा नक्कली कर विजक मात्र खरीद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजश्व चुहावटको कसूर गरेको अनुसन्धानमा खुलेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो । 

प्रतिवादीले राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा ३ ले निषेधित गरेको कसूर गरेको आरोप लगाइएको छ । मूल्य अभिवृद्धि करतर्फ छ करोड र आयकरतर्फ रु १५ करोड १७ लाख राजश्व चुहावट गरेको विभागको जिकिर छ ।