🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

नापीका सर्वेक्षक पचहत्तर हजार घुस रकमसहित पक्राउ

पर्सा, २२  पुस (रासस) : सेवाग्रहीसँग रु ७५ हजार घुस लिएको अभियोगमा नापी कार्यालय वीरगञ्जका सर्वेक्षकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पुस २१ गते  पक्राउ गरेको छ । जग्गाधनीको प्रमाण पूर्जा बनाइ दिने नाउँमा सेवाग्रहीसँग माग गरेको घुस रकम लिँदै गरेको अवस्थामा आयोगको मकवानपुरको टोलीले नापी कार्यालयका सर्वेक्षक रामनरेश पासवानलाई रङ्गे हात पक्राउ गरेको हो । 

    
वीरगञ्ज महानगरपालिका–९ रानीघाटस्थित नापी कार्यालय पर्सा अन्तर्गतको २ नं नापी टोली कार्यालयमा सेवाग्रहीसँग रु ७५ हजार घुस रकम लिँदै गरेको अवस्थामा पुस २१ गते  बेलुकी ६ः३० बजे रङ्गे हात सर्वेक्षक पासवालाई पक्राउ गरिएको आयोगले जनाएको छ । 

सेवाग्रहीले दिएकोे सूचना तथा उजूरीका आधारमा कारवाही गर्दा सर्वेक्षक पासवान रङ्गे हात पक्राउ परेको बताइएको छ । पक्राउ परेका सर्वेक्षक पासवानलाई आवश्यक अनुसन्धानका लागि आजै मकवानपुर लैजाने तयारी आयोगले गरेको छ । 
–––