🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

स्वास्थ्यस्थितिबारे चासो राख्नेप्रति प्रधानमन्त्रीको धन्यवाद

काठमाडौं, मङ्सिर ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले  आफ्नो  स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको जनाउनुभएको छ । आज सामाजिक सञ्जालमा ट्वीट गर्नुहुँदै उहाँले स्वास्थ्यस्थितिबारे चासो राख्नुहुने  र शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक धन्यवाद दिनुभएको छ । 

ट्वीटमा भनिएको छ “बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थितिबारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।”

प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिमा उल्लेखनीय सुधारको क्रम जारी रहेको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ । 
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि यही मङ्सिर १० गते एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गरिएको थियो ।