🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

पशुपतिमा दुई विद्युतीय टेम्पो थप

काठमाडौं, मङ्सिर ११ । पशुपति क्षेत्रको सवारी निषेधित क्षेत्रमा बालबालिका, वृद्धवृद्धा, अशक्त एवं थकित भक्तजनका लागि दुईवटा विद्युतीय परिवहन थप गरिएको छ । भारतीय राजदूतावासको पहलमा भारतीय महिला सङ्घले दुई विद्युतीय टेम्पो पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ । 

    भारतका राजदूत मञ्जीवसिंह पुरीको उपस्थितिमा कोषका सदस्य सचिव डा प्रदीप ढकाललाई सङ्घकी अध्यक्ष नम्रता पुरीले आज टेम्पो हस्तान्तरण गर्नुभएको थियो । 

    कार्यक्रममा सदस्यसचिव ढकालले मैत्रीपूर्ण सहयोगले मन्दिर दर्शनमा आउने अशक्त दर्शनार्थीलाई सहयोग पुग्ने बताउनुभयो । सो परिवहन वनकालीबाट जुत्ता चप्पल कक्षसम्म सञ्चालन हुनेछ । कोषमा यसअघि पनि दुई विद्युतीय टेम्पो सञ्चालनमा थिए । लक्ष्मी बैंकले यसअघिका दुई टेम्पो कोषलाई सहयोगस्वरुप हस्तान्तरण गरेको थियो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले कम्तीमा पाँचवटा विद्युतीय परिवहन सवारी निषेधित क्षेत्रमा सञ्चालनमा ल्याउन कोषलाई निर्देशन दिएको थियो । दुई परिवहन कोष आफैँले थप्ने तयारी गरिरहेको प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो । परिवहनमा निःशुल्क यात्रा गराइने कोषले जनाएको छ । एउटा विद्युतीय परिवहन पशुपतिको भ्रमणमा आएका आन्तरिक एवं बाह्य पर्यटकलाई गुह्येश्वरी लैजान उपयोग गरिने छ । पशुपति आएका पर्यटकलाई गुह्येश्वरी लैजान कोषले विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ । ९तस्बीर उपलब्ध छ०