काठमाडौं, मङ्सिर १० । नवनियुक्त रुसका राजदूत एलेक्सी ए.नोभिकोभले २०७६ मंसिर ९ गते नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग जंगी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटवार्तामा प्रधानसेनापति थापा र राजदूत नोभिकोभबीच द्वीपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको हो ।



